Saturday, February 28, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गगनकुमार थापा आज वीरगञ्ज आउँदै ,रोड शोपछि कांग्रेस आमसभामा सम्बोधन गर्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
February 28, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
गगनकुमार थापा आज वीरगञ्ज आउँदै ,रोड शोपछि कांग्रेस आमसभामा सम्बोधन गर्ने
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शनिबार पर्सासहित मधेस प्रदेशका चार जिल्ला — पर्सा, बारा, सर्लाही र रौतहट — मा चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

पर्साको वीरगञ्जमा दिउँसो २ बजेदेखि कांग्रेसको आमसभा बीपी उद्यान परिसर, घण्टाघर छेउमा हुने छ। सभापति थापा सडक मार्गमा रोड शो गर्दै सभास्थलमा पुग्नेछन्। उनी पोखरियामा हुने अर्को कांग्रेस सभामा पनि हेलिकप्टरबाट सिधै सहभागी हुने कार्यक्रम छ।

कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीका अनुसार थापाले हेलिकप्टरबाट वीरगञ्जको गण्डकस्थित वीरगञ्ज हेल्थकेयर हस्पिटलको हेलिप्याडमा अवतरण गरी चारपाङ्ग्रे गाडीमार्फत रोड शो गर्दै बीपी उद्यानमा पुग्नेछन्।

सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा चुनावी सभामा सम्बोधन गरेका थिए भने बिहीबार सुर्खेत र बाँके पुगेका थिए। आगामी आइतबार उनी काठमाडौंमा हुने कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Previous Post

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित

Next Post

हरि पन्तको तीव्र चुनावी दौड : हरपतगन्जदेखि भेडिआहीसम्म रास्वपाको अभियान उकालोमा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
हरि पन्तको तीव्र चुनावी दौड : हरपतगन्जदेखि भेडिआहीसम्म रास्वपाको अभियान उकालोमा

हरि पन्तको तीव्र चुनावी दौड : हरपतगन्जदेखि भेडिआहीसम्म रास्वपाको अभियान उकालोमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l