Saturday, February 28, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रिमा यादवलाई समर्थन गर्दै वीरगञ्ज–२५ का युवाहरू नेकपा एमालेमा प्रवेश

राष्ट्र आवाज by राष्ट्र आवाज
February 28, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक
0
रिमा यादवलाई समर्थन गर्दै वीरगञ्ज–२५ का युवाहरू नेकपा एमालेमा प्रवेश
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रिमा यादवलाई विजयी गराउने अभियानअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २५को कोनिया टोलका जेनजी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

वडामा आयोजित विशेष कार्यक्रममार्फत विभिन्न राजनीतिक दल तथा स्वतन्त्र रूपमा सक्रिय युवाहरू पार्टीमा प्रवेश गरेको एमाले मधेश प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादवले जानकारी दिए।

प्रवेश गर्ने युवाहरूले मुलुकको रक्षा, स्वाधीनता, समृद्धि, स्थायित्व र विकासका लागि एमाले नै उपयुक्त विकल्प भएको निष्कर्षसहित पार्टी रोजेको बताएका छन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगीले युवाशक्तिको साथ र समर्थनले एमालेको उम्मेदवारी अझ मजबुत बनेको बताए। उनले नयाँ पुस्ताको ऊर्जा, सोच र प्रविधिमैत्री दृष्टिकोणलाई राजनीतिमा समेट्दै पर्सा–२ को समग्र विकासका लागि ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

युवाहरूले अबको राजनीति विकासमुखी, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै रिमा यादवलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।

वीरगञ्ज–२५ मा भएको प्रवेश कार्यक्रमले स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलहरूबीच युवाको समर्थन आकर्षित गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

Previous Post

निर्वाचनका कारण जयनगर-जनकपुर रेल सेवा ३ दिन बन्द

Next Post

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l