रामजी यादव १६फागुन पर्सा!
पर्सा क्षेत्र नं २बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रिमा कुमारी यादव प्रति जनताको भरोसा र जनबिश्वास बढदै गरेको बुझिएको छ।बहुदर माई नगरपालिका वडानं.२को पिपरा र सिसीयाडी टोलमा भएको घरदैलोको क्रममा जनताहरुको आकर्षण र बिश्वास प्रतिको जनलहरले जित हुने सुनिश्चित भएको एक बिज्ञले बताए।
पर्सा क्षेत्र नं २बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार यादवले जित पछिको मुख्य उद्देश्य*भनेर हुदैन काम गरेर हेराउछु* भनेर जवाफ फर्काउन।जनताको अमुल्य मतको महत्व राम्री बुझेको भन्दै खेर जान्न नदिन केही दिनमै जनताहरुले भने अनुसार काम गरेर देखाउने छु भन्दै प्रतिबद्धता गरिन।
उम्मेदवार यादवले जनताको सेवक बनेर सधै दु:ख सुखमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाईन।बहुदर माई- २को पिपरा र सिसीयाडीमा भएको चुनावी घरदैलो अभियान कार्यक्रममा मधेश प्रदेश सह-ईन्चार्च बिचारी यादव, बीरगंज महानगरपालिकाका पूर्व- मेयर बिजय सरावगी,युवा नेता शिव पटेल,कृष्णा यादव, पूर्व वडाध्यक्ष केदार तिवारी,लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

