Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्साको महुवनमा विद्यार्थीको प्रदर्शन, विद्यालयमा आगजनी

राष्ट्र आवाज by राष्ट्र आवाज
February 27, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार
0
पर्साको महुवनमा विद्यार्थीको प्रदर्शन, विद्यालयमा आगजनी
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित श्री ने.रा.मा. विद्यालय महुवनमा कक्षा १२ का विद्यार्थीहरूले तोडफोड तथा आगजनी गरेका छन्। शैक्षिक भ्रमणको विषयलाई लिएर लामो समयदेखि देखिएको विवाद उत्कर्षमा पुगेपछि विद्यार्थीहरू आक्रोशित बनेका हुन्।

विद्यालय स्रोतका अनुसार विगत ८–९ महिनादेखि कक्षा १२ का विद्यार्थीहरूले शैक्षिक भ्रमणको पहल गरिदिन विद्यालय प्रशासनसँग आग्रह गर्दै आएका थिए। तर मागको सुनुवाइ नभएको भन्दै विद्यार्थीहरूले विरोध जनाएका थिए। विद्यालयका छात्र नितेस पटेल र कुन्दन यादवका अनुसार प्रधानाध्यापक श्रीराम साह रौनियारसमक्ष पटक–पटक आग्रह गर्दा पनि कुनै ठोस निर्णय नआएपछि विद्यार्थी आन्दोलित बनेका हुन्।

आक्रोशित विद्यार्थीहरूले विद्यालय परिसरमा रहेका टेबल, कुर्सी तथा पानी राख्ने ट्यांकीमा तोडफोड गर्नुका साथै केही सामग्रीमा आगजनीसमेत गरेका छन्। घटनाका कारण विद्यालयको भौतिक संरचनामा आंशिक क्षति पुगेको जनाइएको छ।

स्थिति उग्र बनेपछि इलाका प्रहरी कार्यालय पोखरिया, प्रहरी चौकी महुवन, निर्वाचन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मी र स्थानीय बासिन्दाको पहलमा अवस्था नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकबीच वार्ता तथा छलफल भइरहेको छ। संवादमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको र अवस्था क्रमशः सामान्य बन्दै गएको छात्र यादवले जानकारी दिएका छन्।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ। विद्यालय प्रशासनले पनि क्षतिको विवरण संकलन गर्दै आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

Previous Post

सिरहाको गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु

Next Post

पर्सा-१ को प्रसौनी बिर्तामा रास्वपाको कोणसभा: सयौं स्थानीय पार्टी प्रवेश

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सा-१ को प्रसौनी बिर्तामा रास्वपाको कोणसभा: सयौं स्थानीय पार्टी प्रवेश

पर्सा-१ को प्रसौनी बिर्तामा रास्वपाको कोणसभा: सयौं स्थानीय पार्टी प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l