Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सिरहाको गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु

राष्ट्र आवाज by राष्ट्र आवाज
February 27, 2026
in समाचार, समाज
0
सिरहाको गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा माथिबाट गुज्रिएको विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने सडकखण्डमा आज बिहान प्रदेश २–०–००१ क ००४५ नम्बरको टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक प्रणाली प्रयोग गरी डाला उठाइएको थियो।

सोही क्रममा टिपरको उठाइएको भाग माथि रहेको विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट सर्ट भई सवारी साधनमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका गोलबजार नगरपालिका–३ का करिब ४३ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो।

साह हाल गोलबजार नगरपालिका–२ मा बस्दै आएका थिए। प्रहरीका अनुसार उनी उक्त टिपरका सवारीधनीसमेत रहेका थिए। करेन्ट लागेपछि स्थानीयवासी र प्रहरीको टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याएको थियो। तर चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन्।

घटनापछि आगलागी भएको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले उच्च भोल्टेज विद्युत् लाइन नजिक सवारी साधन सञ्चालन तथा मर्मतसम्भारका क्रममा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

Previous Post

पर्सा–२ मा प्रतिस्पर्धा रोचक बन्दै, कुर्मीको विकास प्रतिबद्धता सार्वजनिक

Next Post

पर्साको महुवनमा विद्यार्थीको प्रदर्शन, विद्यालयमा आगजनी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्साको महुवनमा विद्यार्थीको प्रदर्शन, विद्यालयमा आगजनी

पर्साको महुवनमा विद्यार्थीको प्रदर्शन, विद्यालयमा आगजनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l