Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सर्लाहीमा ३२ लाख बढीका भन्सार छलीका सामान बरामद

राष्ट्र आवाज by राष्ट्र आवाज
February 27, 2026
in समाचार, समाज, सम–सामयिक
0
सर्लाहीमा ३२ लाख बढीका भन्सार छलीका सामान बरामद
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही — सीमावर्ती क्षेत्रमा निगरानी तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बल नेपाल ले सर्लाहीमा ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ।

पछिल्लो अपरेशनमा करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरका अवैध सामग्री तथा सवारी साधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा भारतबाट भन्सार छली गरी सामान ल्याइँदै गरेको जानकारी पाएपछि खटिएको टोलीले सर्लाहीको पर्सा–५ स्थित सीमा नाकामा निगरानी बढाएको थियो। प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले मोटरसाइकलमार्फत ल्याइएका सामान दुई वटा पिकअप गाडीमा लोड गरिँदै गरेको अवस्थामा फेला पारेको जनाएको छ।

बरामद सामग्रीमध्ये १ हजार ७८५ केजी भारतीय फूल रहेको छ, जसको अनुमानित मूल्य ७ लाख १४ हजार रुपैयाँ आकलन गरिएको छ। त्यसैगरी विभिन्न प्रकारका कपडा बरामद गरिएको छ, जसको मूल्य करिब ८ लाख ८३ हजार ७५० रुपैयाँ रहेको प्रहरीको भनाइ छ।

घटनास्थलबाट दुई वटा पिकअप गाडी र चार वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। ती सवारी साधनको अनुमानित मूल्य करिब २४ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।

बरामद गरिएका सम्पूर्ण सामान र सवारी साधन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय अवैध गतिविधि नियन्त्रणका लागि निगरानी र गस्ती अझ कडा बनाइएको सुरक्षा स्रोतले उल्लेख गरेको छ।

Previous Post

बारामा भन्सार कार्यालय अनिवार्य भन्दै चुनावी मैदानमा विजय यादव ‘निर्विज’

Next Post

पर्सा–२ मा प्रतिस्पर्धा रोचक बन्दै, कुर्मीको विकास प्रतिबद्धता सार्वजनिक

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सा–२ मा प्रतिस्पर्धा रोचक बन्दै, कुर्मीको विकास प्रतिबद्धता सार्वजनिक

पर्सा–२ मा प्रतिस्पर्धा रोचक बन्दै, कुर्मीको विकास प्रतिबद्धता सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l