Friday, February 27, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

राष्ट्र आवाज by राष्ट्र आवाज
February 26, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगको कार्यालय काठमाडौँ, ११ पुसः कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोग, नेपालको कार्यालय । तस्बिरः प्रदीपराज वन्त÷रासस

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदानस्थलमै उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको हो।

आयोगले अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा डाक्टर, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिसकेको जनाएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकारलगायत सरोकारवाला निकायसँग सहकार्य गर्दै आएको छ। मतदाताको सार्थक सहभागिताका लागि मतदानको दिनअघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिन आयोगले गरेको सिफारिसअनुसार नेपाल सरकारले निर्णयसमेत गरिसकेको आयोगले जनाएको छ।

त्यसैगरी, मतदान प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तहगत सरकार र सरोकारवालासँग सहकार्यको अवधारणाअनुसार मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत सरकारी संरचना तथा त्यहाँ रहेका भौतिक सम्पत्ति फागुन १९ गते मङ्गलवारदेखि फागुन २१ गते बिहीवारसम्म तीन दिन उपयोग गर्न सक्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र पालिकालाई अनुरोध गरिएको छ। यस विषयमा गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पत्राचार भइसकेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले निर्णय र पत्राचारबमोजिम आवश्यक सहयोगको व्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार, पालिका तथा सबै सरोकारवाला निकायलाई आग्रहसमेत गरेको छ।

Previous Post

सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढ्यो

Next Post

वीरगन्ज आउँदै गगन थापा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्ज आउँदै गगन थापा

वीरगन्ज आउँदै गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l