काठमाडौं — हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको ६०० रुपैयाँले वृद्धि भई ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा १० रुपैयाँले बढेर ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य तोलाको ५ हजार ७ सय १५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभावस्वरूप स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको व्यवसायीहरूले बताएका छन्।

