Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सा क्षेत्र नं. २ मा जसपा नेपालका टेमानीको घरदैलो अभियान तीव्र

राष्ट्र आवाज by राष्ट्र आवाज
February 25, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
पर्सा क्षेत्र नं. २ मा जसपा नेपालका टेमानीको घरदैलो अभियान तीव्र
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – पर्सा क्षेत्र नं. २ बाट जनता समाजबादी पार्टी नेपाल का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अशोक कुमार टेमानीले चुनावी घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राख्दै अभियान तीव्र बनाएका छन्।

उम्मेदवार टेमानीले जनताको दुःख–सुख र समस्यालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै घरदैलोमार्फत प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिएको बताएका छन्। “जनताको समस्या नै मेरो समस्या हो,” भन्दै उनले मतदातासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै अघि बढिरहेको उल्लेख गरे।

घरदैलो अभियानका क्रममा उनले युवापुस्तासँग माया आदान–प्रदान गर्नुका साथै वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकसँग आशीर्वाद लिएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गर्दै उनले मधेश र मधेशीको अधिकार र पहिचानका लागि आफ्नो उम्मेदवारी रहेको बताए।

अभियानमा पार्टीका केन्द्रीय सदस्य करिमा बेगम, रेखा साह, पूर्व वडाध्यक्ष सन्तोष तिवारी, युवा नेता प्रमोद यादव, केदार गुप्ता, शिक्षक प्रभु यादव, मनोज यादव लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Previous Post

सुरक्षा ब्रिफिङ: २७५ बम डिस्पोजल टोली तयारीमा, आवश्यक परे ३० मिनेटमै थप फौज परिचालन

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l