Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुरक्षा ब्रिफिङ: २७५ बम डिस्पोजल टोली तयारीमा, आवश्यक परे ३० मिनेटमै थप फौज परिचालन

राष्ट्र आवाज by राष्ट्र आवाज
February 25, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक, सरोकार
0
सुरक्षा ब्रिफिङ: २७५ बम डिस्पोजल टोली तयारीमा, आवश्यक परे ३० मिनेटमै थप फौज परिचालन
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की ले प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे मंगलबार सबै सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएकी छन्। साँझ बालुवाटारमा आयोजित छलफलमा सुरक्षा निकायहरूले आ–आफ्नो तयारी र मूल्याङ्कन प्रस्तुत गरेका थिए।

बालुवाटार स्रोतका अनुसार हालसम्म कुनै ठूलो सुरक्षा चुनौती नरहेको जानकारी सुरक्षा निकायले दिएका छन्। ब्रिफिङपछि प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउँदै सम्भावित जोखिमप्रति सतर्क रहन निर्देशन दिएकी थिइन्।

नेपाली सेना ले देशभर २७५ स्थानमा बम डिस्पोजल टोली तयारी अवस्थामा राखिएको, स्ट्यान्डबाइ हेलिकप्टरको व्यवस्था गरिएको तथा मतदान सामग्री ढुवानीको तयारी पूरा भएको जानकारी दिएको छ। हालसम्म १३ स्थानमा शंकास्पद वस्तु डिस्पोज गरिएको सेनाले जनाएको छ।

सुरक्षा निकायका अनुसार अहिलेको मुख्य चुनौती सामाजिक सञ्जालमार्फत फैलिने अफवाह र भ्रामक सूचना हो। ‘मिसइन्फरमेशन’ र ‘डिसइन्फरमेशन’ मौन अवधिको पूर्वसन्ध्यामा अझ बढ्न सक्ने भन्दै त्यसबारे गहन छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्कीले पनि सामाजिक सञ्जालमा आफ्नै राजीनामाबारे अफवाह फैलिएको प्रसंग उल्लेख गर्दै यस्ता गलत सूचना नियन्त्रणमा सजग रहन निर्देशन दिएकी थिइन्।

सुरक्षा संयन्त्रले आवश्यक परे ३० मिनेटभित्र थप फौज परिचालन गर्न सक्ने र ९० मिनेटभित्र अतिरिक्त सहयोग पुर्‍याउने व्यवस्था मिलाइएको जानकारी दिएको छ। गृह मन्त्रालयमा दैनिक केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तथा प्रत्येक प्रदेशमा एक–एक जना एआईजी र गृह मन्त्रालयका सहसचिवलाई जिम्मेवारी तोकिएको बताइएको छ।

शंकास्पद रूपमा धेरै मत खसेका स्थानमा विशेष निगरानी राख्ने, अघिल्लो पटक खटिएका कर्मचारीलाई पुनः नखटाउने तथा गडबडी भेटिए कडा कारबाही गर्ने तयारी गरिएको छ। सम्भावित झडप रोक्न प्रत्येक उम्मेदवारका प्रतिनिधिसँग जिल्ला सुरक्षा समितिको समन्वय गराउने र फरक दलका उम्मेदवारहरूको घरदैलो रुट व्यवस्थापनमा पनि ध्यान दिइएको सुरक्षा निकायले जनाएको छ।

Previous Post

निर्वाचन बहिष्कार आरोपमा ४२ जना पक्राउ, १४ जना अझै हिरासतमा

Next Post

पर्सा क्षेत्र नं. २ मा जसपा नेपालका टेमानीको घरदैलो अभियान तीव्र

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सा क्षेत्र नं. २ मा जसपा नेपालका टेमानीको घरदैलो अभियान तीव्र

पर्सा क्षेत्र नं. २ मा जसपा नेपालका टेमानीको घरदैलो अभियान तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l