Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

निर्वाचन बहिष्कार आरोपमा ४२ जना पक्राउ, १४ जना अझै हिरासतमा

राष्ट्र आवाज by राष्ट्र आवाज
February 25, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
निर्वाचन बहिष्कार आरोपमा ४२ जना पक्राउ, १४ जना अझै हिरासतमा
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको जनाएको छ। तीमध्ये हाल १४ जना मात्र हिरासतमा रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्ले का अनुसार पक्राउ परेकामध्ये केहीलाई सम्झाई–बुझाई छाडिएको छ भने केहीलाई अदालतको आदेशपछि रिहा गरिएको छ।

बुधबार मात्रै अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा भएका छन्। मंगलबार ऋषि कटेल पनि अदालतको आदेशपछि छुटेका थिए।

हाल हिरासतमा रहेका व्यक्तिहरूमध्ये धर्मेन्द्र बाँस्तोला, विष्णु तिमल्सिना, मनबहादुर गुरुङ, गगन परियार, लक्ष्मण पाण्डे, भीमसेन परियार, शोभे थारु (खोमे थारु), रामचन्द्र कोहार, खेम गुरुङ, जिनसरी गुरुङ, हरि बहादुर श्रीस, प्रेमकुमार थाम्सुहाङ्ग, देवी संग्रौला र गोपाल बोहरा रहेका छन्।

सुरक्षा स्रोतका अनुसार हाल १२ वटा समूह निर्वाचन बहिष्कार अभियानमा सक्रिय छन् र ती समूहबाट निर्वाचनमा सुरक्षा चुनौती हुनसक्ने विश्लेषण गरिएको छ। कम्युनिस्ट विचारधारादेखि राजावादी समूहसम्मलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महेन्द्र मल्ल नेतृत्वको नेकपा जनपक्ष, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका समूहलाई पनि सुरक्षा संयन्त्रले सम्भावित चुनौतीका रूपमा लिएको छ।

यसैगरी, राजावादी समूहहरू तथा अन्य पहिचानवादी संगठनहरूलाई समेत निगरानीमा राखिएको जनाइएको छ। सुरक्षा निकायले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।

Previous Post

एनप्याब्सनद्वारा आयोजित टी–२० नकआउट क्रिकेट प्रतियोगिता–२०८२ भव्य रूपमा उद्घाटन

Next Post

सुरक्षा ब्रिफिङ: २७५ बम डिस्पोजल टोली तयारीमा, आवश्यक परे ३० मिनेटमै थप फौज परिचालन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सुरक्षा ब्रिफिङ: २७५ बम डिस्पोजल टोली तयारीमा, आवश्यक परे ३० मिनेटमै थप फौज परिचालन

सुरक्षा ब्रिफिङ: २७५ बम डिस्पोजल टोली तयारीमा, आवश्यक परे ३० मिनेटमै थप फौज परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l