Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

धादिङको नौविसे–नागढुंगा सडक अन्तिम चरणमा, ८५% काम सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
February 25, 2026
in समाचार, समाज, सम–सामयिक
0
धादिङको नौविसे–नागढुंगा सडक अन्तिम चरणमा, ८५% काम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे–नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार अहिलेसम्म करिब ८५ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ।

नौविसे–नागढुंगा सडक खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझा का अनुसार पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो। योजनाअनुसार अधिकांश काम सम्पन्न भइसकेको छ भने अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्ने लक्ष्य राखिएको छ।

आयोजनाले अन्तिम कालोपत्रे कार्य सकिएपछि सडक सुरक्षाका मापदण्ड अनुसार रंगरोगन र अन्य व्यवस्थापन कार्य गर्ने जनाएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र त्यसअघि पर्ने होली पर्वका कारण निर्माणमा केही प्रभाव पर्न सक्ने पनि उल्लेख गरिएको छ।

खानीखोलामा आकाशे पुल निर्माण स्थलमा टहरा विवादका कारण केही ढिलाइ भए पनि प्रमुख ओझाले बाँकी मुख्य काम ३५ दिनभित्र सक्ने दाबी गरेका छन्। यस सडक आयोजना २०७९ सालदेखि सुरु गरिएको थियो र तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस सडक परियोजनाले धादिङको यातायात सुविधा सुधार्ने, स्थानीय विकास प्रवर्द्धन गर्ने र क्षेत्रीय व्यापार तथा आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

Previous Post

रास्वपा सभापति रवि लामिछाने: “तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्ने युग अब सकियो”

Next Post

दुर्गा प्रसाईं काठमाडौं प्रहरी हिरासतबाट रिहा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईं काठमाडौं प्रहरी हिरासतबाट रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l