Wednesday, February 25, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रास्वपा सभापति रवि लामिछाने: “तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्ने युग अब सकियो”

राष्ट्र आवाज by राष्ट्र आवाज
February 25, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
रास्वपा सभापति रवि लामिछाने: “तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्ने युग अब सकियो”
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्ने दोकान अब बन्द हुने बताएका छन्। बुधबार जानकी मन्दिरको दर्शनका क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा अब कुनै एक क्षेत्रको मात्रै नभइ समग्र मुलुकको विकासमा केन्द्रित रहने स्पष्ट पारे।

उनीँले भने, “सिङ्गो देश र मधेसलाई विभाजन गरेर राजनीति गर्ने युग अब अन्त्य गर्नुपर्छ। हामी इमानदारीपूर्वक देशको कुरा गर्दै, जनताको प्रत्येक मतलाई कदर गर्दै अघि बढ्नेछौं।”

लामिछानेले दशकौंसम्म विभेद र अन्यायमा परेको मधेशलाई प्राथमिकतामा राख्ने र यहाँको धार्मिक तथा पर्यटन क्षेत्रमा सुधार गर्ने योजना पनि सार्वजनिक गरे। उनले अघिल्लो निर्वाचनमा पार्टीले सुशासनको कुरा गरेको भए पनि विभेदको विषयलाई पर्याप्त प्राथमिकता नदिएको स्वीकार्दै यसपटक सुशासन र समावेशी विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

विश्लेषकहरूले लामिछानेको यो अभिव्यक्तिलाई राष्ट्रिय स्तरमा क्षेत्रीय राजनीति समाप्त गर्दै समावेशी दृष्टिकोणलाई प्राथमिकता दिने संकेतको रूपमा व्याख्या गरेका छन्। यसले आगामी निर्वाचन अभियानमा मधेसका मतदातामाझ रास्वपाको प्रभाव बढाउन सक्ने अनुमान गरिएको छ।

Previous Post

निर्वाचनअघि ७ दिन मदिरा बिक्रीमा रोक लगाउने तयारी, सुरक्षा समिति बैठकमा छलफल

Next Post

धादिङको नौविसे–नागढुंगा सडक अन्तिम चरणमा, ८५% काम सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
धादिङको नौविसे–नागढुंगा सडक अन्तिम चरणमा, ८५% काम सम्पन्न

धादिङको नौविसे–नागढुंगा सडक अन्तिम चरणमा, ८५% काम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l