Tuesday, February 24, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्सा–२ निर्वाचनमा रिमा यादव: एजेन्डाविहीन प्रचार र बाह्य समर्थनमा भर पर्ने रणनीति

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
पर्सा–२ निर्वाचनमा रिमा यादव: एजेन्डाविहीन प्रचार र बाह्य समर्थनमा भर पर्ने रणनीति
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका उम्मेदवार बनेकी रिमा कुमारी यादवको उम्मेदवारीलाई लिएर विवाद र आलोचना तीव्र बन्दै गएको छ। स्थानीय राजनीतिक वृत्तका अनुसार यादवमाथि स्पष्ट विकास एजेन्डा प्रस्तुत गर्न नसकेको, प्रचार प्रायः नारामुखी र व्यक्तिगत ब्रान्डिङमा सीमित रहेको, साथै शक्ति र सम्झौताको आधारमा टिकट पाएको आरोप चर्किएको छ।

स्थानीय मतदाताहरूले यादवले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जना जस्ता आधारभूत विषयमा ठोस र व्यवहारिक योजना सार्वजनिक नगरेको उल्लेख गरेका छन्। उनको प्रचार अभियान “जेन्जी नेता” भन्ने नारासहित अघि बढाइएको भए पनि अधिकांशले यसलाई भावनात्मक ब्रान्डिङको प्रयास मात्र ठानेका छन्।

राजनीतिक विश्लेषकहरू भन्छन्, “पर्सा–२ जस्तो विकासका दृष्टिले पछाडि परेको क्षेत्रमा उम्मेदवारले विस्तृत कार्ययोजना, समयसीमा र स्रोत व्यवस्थापनको स्पष्ट खाका प्रस्तुत गर्नुपर्छ। तर यादवको प्रचार कार्यक्रम पार्टीगत र व्यक्तिगत छविमा केन्द्रित देखिएको छ, जसले मतदातामा विश्वास कम गरेको देखिन्छ।”

‘जेन्जी नेता’ नारासँगै अर्को विवाद पनि उत्पन्न भएको छ। जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा एमाले सम्बद्ध संरचनामाथि आगजनी र तोडफोडका घटनाहरू भएको इतिहास छ। विश्लेषकहरूको भनाइमा, सोही पृष्ठभूमिमा एमाले उम्मेदवारले आफूलाई आन्दोलनसँग जोडेर प्रस्तुत गर्नु राजनीतिक अवसरवादको संकेत हुनसक्छ। आन्दोलनको भावनालाई मत आकर्षित गर्ने साधनका रूपमा प्रयोग गर्नु मतदाताको विश्वास जित्न सक्नेभन्दा बढी विरोधाभासपूर्ण देखिन्छ।

यादवको उम्मेदवारी प्रक्रिया पनि विवादविन्त्तो छैन। स्थानीय स्रोतहरूका अनुसार विजय सरावगीको सक्रिय पहलमा टिकट सुनिश्चित भएको र त्यसपछि मधेश प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादवको समर्थनबाट औपचारिकता दिइएको चर्चा रहेको छ। दीर्घकालीन रूपमा संगठनमा सक्रिय कार्यकर्तालाई पन्छाउँदै प्रभाव र पहुँचका आधारमा टिकट वितरण गरिएको आरोपले पार्टीभित्र असन्तुष्टि बढाएको छ। यद्यपि यस विषयमा सम्बन्धित नेताहरूको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रचार सामग्रीमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर नदेखिनुले थप प्रश्न खडा गरेको छ। सामान्यतया केन्द्रीय नेतृत्वमा आधारित दलका उम्मेदवारहरूले शीर्ष नेताको छविलाई प्रचारको आधार बनाउने परम्परा रहँदै आएको भए पनि नेतृत्वको तस्बिर अनुपस्थित हुनु रणनीतिक दूरीको संकेत भएको टिप्पणी उठाइएको छ। आलोचकहरूले भने, “पार्टीको नाम र चुनाव चिन्ह प्रयोग गरेर मत माग्ने तर शीर्ष नेताबाट दूरी बनाउने प्रवृत्ति राजनीतिक रूपमा विरोधाभासपूर्ण छ।”

स्थानीय तहमा बढ्दो असन्तुष्टिका बीच यादवलाई मत दिन अस्वीकार गर्ने धारणा खुलेरै व्यक्त हुन थालेको छ। स्थानीय राजनीतिक वृत्तका अनुसार कमजोर जनाधारका कारण उनले केन्द्रीय नेताहरूलाई क्षेत्रमै बोलाएर मतदाता रिझाउने प्रयास गरेको आरोप पनि उठाइएको छ।

युवा तथा नागरिक समूहहरूले भावनात्मक नाराभन्दा परिणाममुखी कार्यक्रम आवश्यक रहेको स्पष्ट पारेका छन्। उनीहरूले भनेका छन्, “सिर्फ सामाजिक सञ्जालको सक्रियता, तडकभडकपूर्ण कार्यक्रम र बाह्य समर्थनले मतदाताको विश्वास जित्न सकिँदैन। क्षेत्रीय आवश्यकतासँग प्रत्यक्ष जोडिने ठोस नीति र कार्ययोजना प्रस्तुत गर्नुपर्छ।”

विश्लेषकहरूको निष्कर्ष अनुसार, पर्सा–२ जस्तो क्षेत्र विकासको दृष्टिले पछाडि परेको छ, जहाँ मतदाता प्राथमिकताले प्रभावित हुन्छन्। त्यसैले उम्मेदवारको वास्तविक क्षमता, क्षेत्रीय आवश्यकताप्रति समझदारी र कार्यान्वयन योजना नै निर्णायक हुनेछ। यादवको वर्तमान रणनीति भावनात्मक र प्रतीकात्मक प्रचारमा केन्द्रित रहेकोले उनी मतदाताको अपेक्षाअनुरूप जनविश्वास जित्न सक्ने कि छैन भन्ने सवाल खुलेको छ।

यसैबीच पार्टी भित्रको असन्तुष्टि, नेतृत्वसँगको दूरी र प्रचार रणनीतिमा उठेका प्रश्नले पर्सा–२ निर्वाचनलाई अझै रोचक र चुनौतीपूर्ण बनाएको देखिन्छ। मतदाताले विकास र परिणाममुखी अभियान खोजिरहेको अवस्थामा, उम्मेदवारले आफ्ना राजनीतिक अवसरवाद र बाह्य समर्थनमाथि निर्भर रहँदा मतदाताको विश्वास कायम राख्न कठिनाइ हुने विश्लेषकहरूले चेतावनी दिएका छन्।

Previous Post

प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै तीन दिन सार्वजनिक बिदा घोषणा

Next Post

आईसीसी टी–२० विश्वकप ‘सुपर–एट’मा आज इङ्ग्ल्यान्ड र पाकिस्तान भिड्दै

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
आईसीसी टी–२० विश्वकप ‘सुपर–एट’मा आज इङ्ग्ल्यान्ड र पाकिस्तान भिड्दै

आईसीसी टी–२० विश्वकप ‘सुपर–एट’मा आज इङ्ग्ल्यान्ड र पाकिस्तान भिड्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l