Tuesday, February 24, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वसन्तपुरमा ठड्याइयो चिर, सुरु भयो होली

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in समाचार, समाज
0
वसन्तपुरमा ठड्याइयो चिर, सुरु भयो होली

काठमाडौँ, १२ फागुन स् काठमाडौँको वसन्तपुरमा मङ्गलबार बिहान शुभ साइतमा चीर ठड्याए यो वर्षको फागुपर्वको विधिवतरूपमा सुरुवात गरिँदै । वसन्तपुरमा आज बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो । तस्बिर :गोपाल दाहालररासस

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – फाल्गुन शुक्ल अष्टमीका अवसरमा आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबारअगाडि फागुको चिर ठड्याइएपछि विधिवत् रूपमा फागु पर्व सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको साइतअनुसार मंगलबार बिहान ७ः१३ बजे चिरोत्थान गरिएको हो। निवृत्तभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरले मागेअनुसार पूर्वफर्केर चिर ठड्याउने साइत दिएको समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिनुभयो।

परम्पराअनुसार फाल्गुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चिर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुन्छ र शुक्ल पूर्णिमासम्म हर्षोल्लासका साथ मनाइन्छ। चिर ठड्याएसँगै वसन्तपुरमा रंगीबिरंगी रङ खेल्दै मानिसले खुसी मनाएका थिए।

नेपाल पञ्चाङ्ग समितिका अनुसार फाल्गुन शुक्ल पूर्णिमाका दिन अर्थात् फागुन १८ गते सोमबार राति ५ः३१ बजे चिर ढाल्ने साइत रहेको छ। त्यसै दिन राति ५ः५१ बजे चिर घिसारेर टुँडिखेलमा जलाएपछि पर्व समाप्त हुने जनाइएको छ।

यस वर्ष पहाडी जिल्लामा फागु पर्व फागुन १८ गते सोमबार र तराइका जिल्लामा फागुन १९ गते मंगलबार मनाइँदैछ।

Previous Post

इरानमा सैन्य हेलिकप्टर दुर्घटना, मध्य प्रान्त इस्फहानको बजारमा चारको मृत्यु

Next Post

प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै तीन दिन सार्वजनिक बिदा घोषणा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै तीन दिन सार्वजनिक बिदा घोषणा

प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै तीन दिन सार्वजनिक बिदा घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l