Tuesday, February 24, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रवि लामिछानेको गगन थापालाई व्यंग्य: “२० वर्ष सांसद भएपछि बल्ल कानुन फेर्ने ज्ञान आयो”

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक
0
रवि लामिछानेको गगन थापालाई व्यंग्य: “२० वर्ष सांसद भएपछि बल्ल कानुन फेर्ने ज्ञान आयो”
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक अब तीव्र विकास निर्माणको चरणमा प्रवेश गरेको दाबी गरेका छन्।

हालै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिको प्रतिरक्षा गर्दै लामिछानेले निर्माण व्यवसायीहरू आत्तिन नपर्ने टिप्पणी गरे। “निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन। अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,” उनले भने, “बाँध्ने भनेको कानुनले बाँध्ने हो, डोरीले बाँध्ने होइन। कानुनअनुसार काम गरे कसैले केही गर्दैन।”

धनगढीमा आयोजित चुनावी सभामा बालेनले सडक निर्माणमा ढिलासुस्ती गर्नेलाई कारबाही गरिने चेतावनी दिएका थिए। सोही सन्दर्भमा लामिछानेले कानुनी शासनअनुसार काम हुने स्पष्ट पारे।

त्यसैगरी उनले गगन थापालाई लक्षित गर्दै लामो समय सत्तामा बसेकाहरूले ढिलै गरी विकासका कानुनी जटिलता बुझेको टिप्पणी गरे। “२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो,” उनले भने, “त्यो ज्ञान तपाईँहरूसँगै राख्नुहोला।”

लामिछानेले विकास निर्माणका काम दुईदेखि तीन सिफ्टमा सञ्चालन गरिने बताए। “रात–रात काम हुन्छ। उपकरण अभाव भए ल्याउनुस्, आवश्यक प्रक्रिया पूरा गर्नुस्,” उनले निर्माण व्यवसायीहरूलाई आग्रह गरे।

उनले अब नेपाललाई तीव्र विकासको मार्गमा अघि बढाउने र त्यसलाई कसैले रोक्न नसक्ने दाबी गरे।

Previous Post

आन्तरिक उत्पादन बढाएर देशवासीलाई आत्मनिर्भर बनाउँछौँ : बालेन्द्र शाह

Next Post

मन्त्रिपरिषद्का सात निर्णय: प्रतिनिधिसभा निर्वाचनका लागि चीनको सहयोग स्वीकारदेखि जेनजी परिषद् गठनसम्म

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मन्त्रिपरिषद्का सात निर्णय: प्रतिनिधिसभा निर्वाचनका लागि चीनको सहयोग स्वीकारदेखि जेनजी परिषद् गठनसम्म

मन्त्रिपरिषद्का सात निर्णय: प्रतिनिधिसभा निर्वाचनका लागि चीनको सहयोग स्वीकारदेखि जेनजी परिषद् गठनसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l