Tuesday, February 24, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

निर्धारित मितिमै प्रतिनिधिसभा चुनाव सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

राष्ट्र आवाज by राष्ट्र आवाज
February 24, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
निर्धारित मितिमै प्रतिनिधिसभा चुनाव सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

????????, ?? ?????? ?????????? ???????? ?????? ?????? ????????? ?????? ????? (????)?? ????????? ?????????? ??????? ???????? ??????????? ??????? ???? ???????÷????

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने स्पष्ट पारेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र देशभर सुदृढ सुरक्षा व्यवस्था लागू गरिएको जानकारी दिनुभएको छ।

राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख ‘म्यान्डेट’ नै समयमै निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई संवैधानिक प्रक्रियाअनुसार सत्ता हस्तान्तरण गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार निर्वाचन आयोगले प्रक्रियागत सबै तयारी पूरा गरिसकेको छ र अब मतदानको दिन कार्यान्वयन मात्रै बाँकी रहेको छ।

चुनावको आधारभूत आवश्यकता शान्ति–सुरक्षा भएकाले देशभर एकीकृत सुरक्षा योजना लागू गरिएको उहाँले बताउनुभयो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरी केन्द्र, प्रदेश र जिल्लास्तरमा कमाण्ड पोस्ट स्थापना गरिएको जनाइएको छ।

गृहमन्त्री अर्यालका अनुसार दैनिक सुरक्षा समीक्षा तथा समन्वय बैठकमार्फत सम्भावित जोखिमको विश्लेषण गर्दै आवश्यक रणनीति अपनाइएको छ। पछिल्ला दिनमा केही स्थानमा देखिएका छिटपुट घटनाले निर्वाचन प्रक्रियामा कुनै असर नपार्ने उहाँले दाबी गर्नुभयो।

यस्ता घटनालाई नियन्त्रणभित्र राखिएको र संवाद तथा समन्वयमार्फत समाधान गरिएको बताउँदै उहाँले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। उच्च हिमाली जिल्लाका केही मतदान केन्द्र सार्ने मागबारे सबै सरोकारवालाबीच सहमति भए आवश्यक निर्णय लिन सरकार तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

Previous Post

घरदैलो अभियानमार्फत जनतासँग नजिकिँदै बीना जैसवाल कुर्मी, पर्सा–२ मा प्रतिस्पर्धा रोचक बन्दै

Next Post

आन्तरिक उत्पादन बढाएर देशवासीलाई आत्मनिर्भर बनाउँछौँ : बालेन्द्र शाह

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
आन्तरिक उत्पादन बढाएर देशवासीलाई आत्मनिर्भर बनाउँछौँ : बालेन्द्र शाह

आन्तरिक उत्पादन बढाएर देशवासीलाई आत्मनिर्भर बनाउँछौँ : बालेन्द्र शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l