Monday, February 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० : माउण्ट हर्मन र ब्राइट पब्लिक फाइनलमा

राष्ट्र आवाज by राष्ट्र आवाज
February 23, 2026
in खेलकुद, समाचार, समाज
0
नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० : माउण्ट हर्मन र ब्राइट पब्लिक फाइनलमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — आदर्शनगर खेल मैदान मा जारी नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत आठौँ दिनका सेमिफाइनल खेल सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक खेलपछि जुनियरतर्फ Mount Hermon Secondary School तथा सिनियरतर्फ Bright Public Secondary School फाइनलमा प्रवेश गरेका छन्।

जुनियरतर्फ : माउण्ट हर्मनको प्रभावशाली जित

जुनियर सेमिफाइनलमा माउण्ट हर्मन र ब्राइट पब्लिकबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको माउण्ट हर्मनले १५.३ ओभरमा सबै विकेट गुमाउँदै १४० रनको चुनौती प्रस्तुत गरेको थियो।

जवाफमा ब्राइट पब्लिक १३.३ ओभरमा ६१ रनमै समेटिँदा माउण्ट हर्मन ७९ रनले विजयी हुँदै फाइनलमा प्रवेश गर्न सफल भयो।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजन महतो म्यान अफ द म्याच घोषित भए। उनले २.३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए भने ब्याटिङतर्फ १८ बलमा ३२ रनको महत्वपूर्ण योगदान दिएका थिए।

सिनियरतर्फ : ब्राइट पब्लिकको संघर्षपूर्ण जीत

सिनियर सेमिफाइनलमा Lord Buddha Secondary School र ब्राइट पब्लिकबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको लर्ड बुद्धले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १०३ रन बनाएको थियो।

जवाफमा ब्राइट पब्लिकले १५ ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। ३ विकेटको रोमाञ्चक जितसँगै ब्राइट पब्लिकले फाइनलमा स्थान सुरक्षित गर्‍यो।

उक्त खेलमा निर्णायक भूमिका खेलेका बन्टि सर्राफ म्यान अफ द म्याच घोषित भए। उनले २७ बलमा ३१ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्‍याए।

भोलि फाइनल भिडन्त

आयोजकका अनुसार भोलि जुनियरतर्फ Siddharth Academy र माउण्ट हर्मनबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। त्यस्तै सिनियरतर्फ Vidya Sadan Secondary School र ब्राइट पब्लिकबीच फाइनल खेल हुनेछ।

प्रतियोगिताले विद्यालयस्तरमा क्रिकेट खेलको विकास तथा नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। फाइनल खेल भव्य रूपमा सम्पन्न गरिने बताइएको छ।

Previous Post

धादिङ बस दुर्घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा ५ सदस्यीय कार्यदल गठन

Next Post

अनुत्तरित प्रश्नहरू त्याग्नु जीवनको शान्तिको कुञ्जी हो: बिमल सर्राफ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अनुत्तरित प्रश्नहरू त्याग्नु जीवनको शान्तिको कुञ्जी हो: बिमल सर्राफ

अनुत्तरित प्रश्नहरू त्याग्नु जीवनको शान्तिको कुञ्जी हो: बिमल सर्राफ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l