Monday, February 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

धादिङ बस दुर्घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा ५ सदस्यीय कार्यदल गठन

राष्ट्र आवाज by राष्ट्र आवाज
February 23, 2026
in समाचार, समाज, सम–सामयिक
0
पोखराबाट काठमाडौँ आउँदै गरेको बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु, २४ घाइते
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — गृह मन्त्रालय ले धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्ले ले घटनाको विस्तृत अध्ययन तथा छानबिनका लागि कार्यदल गठन प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार कार्यदलका संयोजक र सदस्यहरूको नाम भने टुंगो लाग्न बाँकी छ।

सोमबार बिहान पोखरा बाट काठमाडौं आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुबाहक बस बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा मा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी १९ जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर का एसपी डिल्लीनारायण पाण्डे ले जानकारी दिए।

दुर्घटनामा २५ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

छानबिन कार्यदल गठन गर्नुअघि गृहमन्त्री ओमप्रकाश अर्याल ले सरोकारवालाहरूसँग छलफल गरेका थिए। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय का सचिव, यातायात व्यवस्था विभाग का महानिर्देशक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल का प्रमुख तथा गृह मन्त्रालयका सचिव सहभागी रहेका थिए।

सरकारले दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्ने जनाएको छ।

Previous Post

वीरगन्जमा दुई धर्म समुदायबीचको तनाव साम्य, तीन बुँदे सहमति

Next Post

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० : माउण्ट हर्मन र ब्राइट पब्लिक फाइनलमा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० : माउण्ट हर्मन र ब्राइट पब्लिक फाइनलमा

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० : माउण्ट हर्मन र ब्राइट पब्लिक फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l