Monday, February 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मधेस प्रदेशका पूर्व राज्यमन्त्री सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

राष्ट्र आवाज by राष्ट्र आवाज
February 23, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
मधेस प्रदेशका पूर्व राज्यमन्त्री सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि सोमबार विशेष अदालतले पेसी तोकेको छ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सुनुवाइका लागि पेसी तोकेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध भ्रष्टाचार मुद्दामा ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ। आयोगको दावी अनुसार उपभोक्ता समितिको खातामा जम्मा भएको रकम सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिकाएर आफ्नो र श्रीमतीको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको आरोप छ।

यसै अभियोगमा सिंहसहित अन्य १५ जनाविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अन्य प्रतिवादीमा छन्: रमेश मडर, अमलेश कुमारी, दीपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी।

अदालतले पेसी तोकेको यस निर्णयसँगै भ्रष्टाचार मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ र सिंहसहित सबै प्रतिवादीको मुद्दामा कानुनी प्रक्रिया अघि बढाइने छ।

Previous Post

टिकटककर तुलसा अधिकारीमाथि ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी

Next Post

वीरगञ्जमा सर्राफको घरदैलो अभियान: स्थानीय समस्यामा प्रत्यक्ष जोड

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्जमा सर्राफको घरदैलो अभियान: स्थानीय समस्यामा प्रत्यक्ष जोड

वीरगञ्जमा सर्राफको घरदैलो अभियान: स्थानीय समस्यामा प्रत्यक्ष जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l