काठमाडौँ — ११ फागुन, टिकटकर तुलसा अधिकारीमाथि ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा विश्वासघातको उजुरी गत साउनमै परेको थियो। अनुसन्धानका क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि तुलसामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि जाहेरी दिएका थिए। प्रतिवादी अधिकारी अहिले चीनमा रहेको बताइएको छ। प्रहरीले जनाए अनुसार चीनबाटै उनले टिकटकमार्फत ब्ल्याकमेलिङको गतिविधि गरेको आशङ्का गरिएको छ।
उनीविरुद्ध चार करोड रुपैयाँभन्दा बढी ठगीको आरोप छ। प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै ठगी, विश्वासघात र सम्पत्ति शुद्धीकरणको मुद्दामा कानुनी प्रक्रिया अघि बढाइरहेको छ।
अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद