काठमाडौं — ११ फागुन, सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउन निर्वाचन आयोगले पठाएको फाइल माग्न आदेश दिएको छ।
न्यायाधीश डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन, २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल सर्वोच्चमा पेश गर्न निर्देशन दिएको हो।
निर्वाचन आयोगको पत्रअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको दाबी गरेको थियो।
सर्वोच्च अदालतले यसअघि नै दुर्गा प्रसाईंले पेश गरेको मुद्दाको फाइल झिकाउन आदेश दिँदै मंगलबारका लागि मुद्दाको पेशी तोकेको छ। अदालतको यस निर्णयपछि अनुसन्धान प्रक्रियामा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

