धादिङ । पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १२ पुरुष र ६ महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा कुल ४४ जना सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका २६ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ।
उद्धार टोलीले घटनास्थलबाट सबै घाइतेको सफल उद्धार गरेको जनाएको छ। केही घाइतेको उपचार स्थानीय अस्पतालमा गरिएको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी उद्धार कार्यमा खटिएका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद