Monday, February 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

फ्लोरिडामा ट्रम्पको निवास नजिकै गोलीकाण्ड, संदिग्ध व्यक्ति मारिए

राष्ट्र आवाज by राष्ट्र आवाज
February 23, 2026
in विश्व, समाचार
0
फ्लोरिडामा ट्रम्पको निवास नजिकै गोलीकाण्ड, संदिग्ध व्यक्ति मारिए
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास परिसरमा प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई सुरक्षाकर्मीले गोली चलाउँदा मृत्यु भएको छ। घटना हुँदा ट्रम्प वासिङ्टन डीसीमा रहेको र परिवारका सदस्यहरू फ्लोरिडास्थित घरमै सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

सुरक्षा निकायका अनुसार संदिग्ध व्यक्तिलाई रोक्न United States Secret Serviceका एजेन्ट र Palm Beach County Sheriff’s Officeका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। सुरक्षाकर्मीले उनलाई हतियार छोड्न चेतावनी दिएका थिए। उनले पेट्रोलको डिब्बा भुइँमा राखे पनि शटगन प्रयोग गर्ने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको पाम बीच काउन्टीका शेरिफ Ric Bradshawले जानकारी दिए।

घटनास्थलबाट पेट्रोलको डिब्बा र शटगन बरामद गरिएको छ भने कुनै सुरक्षाकर्मी घाइते भएका छैनन्।

बीबीसीका अनुसार ट्रम्पको निजी सम्पत्ति Mar-a-Lagoमा उच्चस्तरीय सुरक्षा व्यवस्था रहने गर्दछ। बाहिरी सुरक्षा स्थानीय शेरिफ कार्यालयले र आन्तरिक सुरक्षा सिक्रेट सर्भिसले सम्हाल्ने गर्दछ। प्रवेश गर्ने सबै व्यक्तिको कडाइका साथ जाँच हुने व्यवस्था छ।

कडा सुरक्षा घेराबीच संदिग्ध व्यक्ति कसरी भित्री क्षेत्रमा पुग्न सफल भयो भन्नेबारे अनुसन्धान जारी छ। मृतकको पहिचान सार्वजनिक गरिएको छैन।

यस घटनाले अमेरिकामा बढ्दो राजनीतिक हिंसाका विषयमा फेरि बहस सुरु भएको छ। यसअघि पनि ट्रम्पमाथि आक्रमण प्रयास भएका थिए। पछिल्लो घटनापछि राष्ट्रपति र उनको परिवार वरिपरि सुरक्षा सतर्कता थप कडा बनाइएको छ।

Previous Post

धादिङ जिल्ला बस दुर्घटना : ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिकसमेत परे

Next Post

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पोखराबाट काठमाडौँ आउँदै गरेको बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु, २४ घाइते

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l