Sunday, February 22, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्ज–११ श्रीपुरमा दुई समुदायबीच तनाव, अवस्था नियन्त्रणमा ल्याउन प्रहरी परिचालन

राष्ट्र आवाज by राष्ट्र आवाज
February 22, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
वीरगन्ज–११ श्रीपुरमा दुई समुदायबीच तनाव, अवस्था नियन्त्रणमा ल्याउन प्रहरी परिचालन
2
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्ज महानगरपालिका–११ श्रीपुर क्षेत्रमा दुई फरक धर्म समुदायबीच उत्पन्न तनाव नियन्त्रणका लागि प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ। स्थानीय विवादले उग्र रूप लिन सक्ने संकेत देखिएपछि प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार साँझ सामान्य भनाभनबाट सुरु भएको विवाद विस्तारै सामुदायिक संवेदनशीलतासँग जोडिँदै तनावग्रस्त बनेको थियो। अवस्था थप जटिल हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।

प्रहरीले दुवै पक्षका अगुवा तथा स्थानीय बासिन्दासँग छलफल गर्दै परिस्थिति शान्त पार्ने प्रयास गरिरहेको जनाएको छ। हाल क्षेत्रको अवस्था नियन्त्रणमा रहेको र अप्रिय घटना हुन नदिन अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ।

घटनासम्बन्धी विस्तृत विवरण सङ्कलन भइरहेको तथा सामाजिक सञ्जालमा अफवाह नफैलाउन प्रशासनले सबैमा आग्रह गरेको छ। साथै, शान्ति–सुरक्षा कायम राख्न स्थानीय समुदायलाई संयमता अपनाउन अनुरोध गरिएको छ।

Previous Post

निर्वाचन अनुगमनका लागि २३ एसएसपी देशभर खटिँदै, आईजी अर्यालको विशेष निर्देशन

Next Post

रक्सौलमा श्रीश्याम फाल्गुन महोत्सवमा भव्य निशान शोभायात्रा जय श्री खाटू श्यामको जयघोषले रक्सौल गुञ्जायमान

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रक्सौलमा श्रीश्याम फाल्गुन महोत्सवमा भव्य निशान शोभायात्रा जय श्री खाटू श्यामको जयघोषले रक्सौल गुञ्जायमान

रक्सौलमा श्रीश्याम फाल्गुन महोत्सवमा भव्य निशान शोभायात्रा जय श्री खाटू श्यामको जयघोषले रक्सौल गुञ्जायमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l