Sunday, February 22, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

निर्वाचन अनुगमनका लागि २३ एसएसपी देशभर खटिँदै, आईजी अर्यालको विशेष निर्देशन

राष्ट्र आवाज by राष्ट्र आवाज
February 22, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
निर्वाचन अनुगमनका लागि २३ एसएसपी देशभर खटिँदै, आईजी अर्यालको विशेष निर्देशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ।

उपत्यकाबाट खटिन लागेका अधिकृतहरूलाई प्रधान कार्यालयबाट तथा प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीहरूलाई भर्चुअल माध्यममार्फत राजु अर्यालले विशेष निर्देशन दिएका छन्।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार आईजी अर्यालले निर्वाचनअघि, निर्वाचनको समयमा र निर्वाचनपछिको अवधिमा आउन सक्ने जुनसुकै चुनौतीपूर्ण अवस्थाको सामना गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका छन्।

अर्यालले निर्वाचन अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाता तथा मतपेटिकाको सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्। उनले सुरक्षासँग सम्बन्धित सूचनाको प्रभावकारी संकलन, सबै तहका कमाण्डरसँग समन्वय तथा उम्मेदवारहरूसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेका छन्। फिल्डमा देखिएका कमीकमजोरी र तत्काल गर्नुपर्ने कामबारे शीघ्र मुख्यालयलाई जानकारी गराउन समेत उनले निर्देशन दिएका छन्।

त्यसैगरी, सीमा क्षेत्रको विशेष अनुगमन गर्न, आवश्यक परेमा मानवअधिकारको पूर्ण पालना गर्दै मात्र बल प्रयोग गर्न र बल प्रयोगका क्रममा आवश्यक प्रमाण सुरक्षित राख्न आईजी अर्यालले स्पष्ट निर्देशन दिएका छन्। निर्वाचन बिथोल्न खोज्ने तत्वहरूको पहिचान गरी सोहीअनुसार रणनीति तयार गर्न र कानूनअनुसार कारबाही गर्न मातहतका सबै तहका कमाण्डरहरूलाई उनले सचेत गराएका छन्।

निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सशस्त्र प्रहरीले सुरक्षा तयारीलाई तीव्र बनाएको जनाएको छ।

Previous Post

ग्रिनल्यान्डलाई बाह्य चिकित्सा सहयोग आवश्यक छैन : डेनमार्कका रक्षामन्त्री

Next Post

वीरगन्ज–११ श्रीपुरमा दुई समुदायबीच तनाव, अवस्था नियन्त्रणमा ल्याउन प्रहरी परिचालन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्ज–११ श्रीपुरमा दुई समुदायबीच तनाव, अवस्था नियन्त्रणमा ल्याउन प्रहरी परिचालन

वीरगन्ज–११ श्रीपुरमा दुई समुदायबीच तनाव, अवस्था नियन्त्रणमा ल्याउन प्रहरी परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l