Sunday, February 22, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार बढेको आरोप, निष्पक्ष निर्वाचन वातावरणको माग

राष्ट्र आवाज by राष्ट्र आवाज
February 22, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार बढेको आरोप, निष्पक्ष निर्वाचन वातावरणको माग
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस उम्मेदवारहरूमाथि दुर्व्यवहार र आक्रमणका घटना भइरहेको आरोप लगाएका छन्।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा निर्वाचनको तयारी र समसामयिक विषयमा धारणा सार्वजनिक गर्दै उनले निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारलाई लक्षित गरी अपमानजनक व्यवहार बढेको बताएका हुन्।

फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने उनको माग छ। “फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारलाई दुर्व्यवहार र अपमान गर्ने काम भइरहेको छ। यो तत्काल बन्द गर्नुपर्छ,” चालिसेले भने।

उनले सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिँदै कांग्रेसले हालसम्म निर्वाचन प्रक्रियामाथि कुनै शंका नगरेको स्पष्ट पारे। “सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्छ। कांग्रेसले अहिलेसम्म शंका गरिसकेको छैन,” उनले बताए।

चालिसेले कांग्रेसले भयको राजनीति नगर्ने उल्लेख गर्दै उम्मेदवार र नेता–कार्यकर्तालाई दृढ भएर चुनावी प्रचारमा लाग्न आग्रह गरे। “कांग्रेसले भयको राजनीति गर्दैन। हामी दृढ भएर चुनावी प्रचारमा लाग्न आग्रह गर्छौँ,” उनले भने।

निर्वाचनको माहोलमा धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न उनले सबै पक्षलाई सचेत गराए। “निर्वाचन आइसकेको अवस्थामा जनता–जनताबीचको धार्मिक सद्भाव बिगार्नु हुँदैन,” उनले भने।

व्यक्तिगत गालीगलौज तथा पार्टीका झण्डा जलाउने कार्य निन्दनीय भएको उल्लेख गर्दै उनले दाङको तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटनाको पनि कांग्रेसले निन्दा गरेको जानकारी दिए।

पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको दाबी गरे। उनका अनुसार विभिन्न दलका शीर्ष नेताहरू कांग्रेसमा प्रवेश गरिरहेका छन्। साथै, अन्य पार्टीमा आवद्ध भएका तथा पार्टी छाडेका नेता–कार्यकर्तालाई कांग्रेसमा फर्किन उनले आह्वान गरे। “घर छाडेका साथीहरू कांग्रेसमा फर्किनुस्। अन्य पार्टीमा जोडिएकाहरू पनि आउनुस्, हामी स्वागत गर्छौँ,” चालिसेले भने।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप बढिरहेका बेला कांग्रेसले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन वातावरणको माग दोहोर्‍याएको छ।

Previous Post

प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

Next Post

ग्रिनल्यान्डलाई बाह्य चिकित्सा सहयोग आवश्यक छैन : डेनमार्कका रक्षामन्त्री

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
ग्रिनल्यान्डलाई बाह्य चिकित्सा सहयोग आवश्यक छैन : डेनमार्कका रक्षामन्त्री

ग्रिनल्यान्डलाई बाह्य चिकित्सा सहयोग आवश्यक छैन : डेनमार्कका रक्षामन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l