Sunday, February 22, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

राष्ट्र आवाज by राष्ट्र आवाज
February 22, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

निर्वाचनमा उत्साहजनक सहभागिता सुनिश्चित गर्न मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगका अनुसार विभिन्न पेसा, व्यवसाय तथा रोजगारीका कारण मतदाता नामावली भएको स्थानभन्दा टाढा रहेका नागरिकलाई मतदान केन्द्रसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले तीन दिन बिदा सिफारिस गरिएको हो। यसले मतदानमा सहभागिता दर बढ्ने विश्वास आयोगले व्यक्त गरेको छ।

यसअघि फागुन १८ गते सोमबार पहाडी जिल्लामा तथा फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा (होली) पर्वको सार्वजनिक बिदा परेको छ। त्यससँगै निर्वाचन केन्द्रित बिदा थपिएमा लगातार केही दिन सार्वजनिक बिदा हुने अवस्था रहनेछ।

आयोगले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारेको जनाएको छ।

Previous Post

गौरमा सद्भाव र्‍याली निकाल्ने निर्णय, कर्फ्यू भने यथावत

Next Post

कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार बढेको आरोप, निष्पक्ष निर्वाचन वातावरणको माग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार बढेको आरोप, निष्पक्ष निर्वाचन वातावरणको माग

कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार बढेको आरोप, निष्पक्ष निर्वाचन वातावरणको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l