Sunday, February 22, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गौरमा सद्भाव र्‍याली निकाल्ने निर्णय, कर्फ्यू भने यथावत

राष्ट्र आवाज by राष्ट्र आवाज
February 22, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
गौरमा अहिले बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलो

रौतहटको गौरमा कफ्‌र्यु आदेश जारी चन्द्रपुर (रौतहट), ९ फागुनः जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कफ्‌र्यु आदेश जारी गरेको छ । दुई समुदायबीच भएको विवादको कारण आज दिउँसो १ बजेदेखि अनिश्चितकालको लागि कफ्‌र्यु आदेश जारी भएको हो । तस्बिरः रमेश तिमलसिना÷रासस

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि भोलि बिहान साढे ७ बजे सद्भाव र्‍याली निकाल्ने निर्णय गरिएको छ। दिनेश सागर भुसालले आह्वान गर्नुभएको सर्वदलीय बैठकले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम गर्ने उद्देश्यले र्‍याली आयोजना गर्ने सहमति गरेको हो।

प्रजिअ भुसालका अनुसार नागरिक समाजको अगुवाइमा सबगढा क्षेत्रमा सद्भाव र्‍याली निकालिनेछ। र्‍यालीमार्फत शान्ति, सहिष्णुता र आपसी भाइचाराको सन्देश प्रवाह गरिने बताइएको छ। साथै, सबै राजनीतिक दल तथा सरोकारवाला पक्षले संयुक्त रूपमा शान्तिका लागि सार्वजनिक अपिल जारी गर्ने निर्णयसमेत भएको छ।

यद्यपि, सर्वपक्षीय बैठकले सद्भाव र्‍यालीको निर्णय गरे पनि गौर नगर क्षेत्रमा हिजोदेखि जारी कर्फ्यू भने यथावत राखिएको छ। सुरक्षा अवस्थाको विश्लेषणअनुसार स्थिति अझै संवेदनशील रहेकाले तत्काल कर्फ्यू हटाउन नसकिएको प्रजिअ भुसालले जानकारी दिनुभयो। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

सबगढा गाउँमा बिहीबार राति पौने १० बजेतिर विवाह समारोहमा बजाइएको डिजेलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। उक्त घटनापछि शुक्रबार ६ बुँदे सहमति भएको थियो। तर सहमति विपरीत हिजो पुनः अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले चार किल्ला निर्धारण गर्दै कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले सबै पक्षलाई संयमता अपनाउन तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। शान्ति र सद्भाव कायम राख्न सामूहिक प्रयास आवश्यक रहेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

Previous Post

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ सातौँ दिनका सेमिफाइनल खेल सम्पन्न

Next Post

प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l