Sunday, February 22, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ सातौँ दिनका सेमिफाइनल खेल सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
February 22, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ सातौँ दिनका सेमिफाइनल खेल सम्पन्न
2
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जस्थित आदर्शनगर रंगशालामा जारी नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत सातौँ दिनका जुनियर तथा सिनियर सेमिफाइनल खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक खेलपछि जुनियरतर्फ सिदार्थ एकेडमी र सिनियरतर्फ विद्या सदन माध्यमिक विद्यालय फाइनलमा प्रवेश गर्न सफल भएका छन्।

जुनियरतर्फ सिदार्थ एकेडमी र मदर ल्याण्ड मा. वि.बीच भएको सेमिफाइनल खेलमा टस जितेर सिदार्थ एकेडमीले बलिङ रोजेको थियो। पहिलो इनिङ्समा मदर ल्याण्ड मा. वि.ले १९ ओभरमा सबै १० विकेट गुमाउँदै ६४ रन बनायो।जवाफी ब्याटिङमा सिदार्थ एकेडमीले ९.४ ओभरमा १ विकेटको क्षतिमा ६७ रन बनाउँदै ९ विकेटको सहज जित हात पार्‍यो।
यस खेलका म्यान अफ द म्याच आशिष सर्राफ घोषित भए। उनले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिनुका साथै ३० बलमा २१ रनको योगदान दिएका थिए।

सिनियरतर्फ विद्या सदन मा. वि. र ज्ञानोदय मा. वि.बीचको सेमिफाइनल खेल निकै रोमाञ्चक बनेको थियो। टस जितेर ज्ञानोदयले ब्याटिङ रोजेको थियो। पहिलो इनिङ्समा ज्ञानोदय मा. वि.ले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनायो।जवाफमा विद्या सदन मा. वि.ले १७.१ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनाउँदै १ विकेटको संघर्षपूर्ण जित हासिल गर्‍यो।
सिनियरतर्फको म्यान अफ द म्याच आतिफ अमान घोषित भए। उनले ४ क्याच लिनुका साथै ३५ बलमा २६ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।

विशेष घोषणा सिनियर सेमिफाइनलका म्यान अफ द म्याच आतिफ अमानलाई कक्षा ११ अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने घोषणा गरिएको छ। उक्त घोषणा Omegha College का अध्यक्ष शिशिर गौतम तथा निर्देशक भरत सिंहले संयुक्त रूपमा गर्नुभएको हो।
साथै, सिनियर वर्गको सिरिज म्यान (Player of the Series) चयन हुने खेलाडीलाई पनि कक्षा ११ अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जानकारी दिइएको छ। आयोजकले विद्यार्थी खेलाडीहरूको खेलकुद र शिक्षालाई समान रूपमा प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।अब प्रतियोगिताको फाइनल खेलप्रति खेलप्रेमी र दर्शकहरूमा उत्साह थप बढेको छ।

Previous Post

गौरमा अनिश्चितकालीन कर्फ्यु: रौतहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित

Next Post

गौरमा सद्भाव र्‍याली निकाल्ने निर्णय, कर्फ्यू भने यथावत

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
गौरमा अहिले बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलो

गौरमा सद्भाव र्‍याली निकाल्ने निर्णय, कर्फ्यू भने यथावत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l