Sunday, February 22, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

निर्वाचनको ७२ घण्टाअघि भारतसँग जोडिएको पर्सा–बाराको सीमा बन्द गर्ने निर्णय

राष्ट्र आवाज by राष्ट्र आवाज
February 22, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
निर्वाचनको ७२ घण्टाअघि भारतसँग जोडिएको पर्सा–बाराको सीमा बन्द गर्ने निर्णय
2
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

 वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूबीच सीमा नाका निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावैदेखि पूर्ण रूपमा बन्द (सिल) गर्ने सहमति भएको छ।

वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) मा शनिबार सम्पन्न सीमा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा वारपार हुने आवागमनमा कडाइ गर्ने उद्देश्यले यो सहमति गरिएको जनाइएको छ।

बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरूले निर्वाचन अवधिमा हुन सक्ने अन्तरदेशीय अपराध, मदिराको अवैध ओसारपसार तथा सेवन, नक्कली नोटको कारोबार लगायत गतिविधि नियन्त्रणका लागि विशेष निगरानी बढाउने प्रतिबद्धता जनाएका छन्। सीमा क्षेत्रमा संयुक्त गस्ती, कडा चेकजाँच तथा सूचनाको तीव्र आदान–प्रदानमार्फत अवाञ्छित गतिविधि रोक्ने विषयमा साझा धारणा बनाइएको छ।

यसपटकको बैठकमा भारतीय पक्षले पहिलो पटक वीरगञ्ज हुँदै भारतको रक्सौल प्रवेश गर्ने सिर्सिया नदीको बढ्दो जलप्रदूषणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। नेपालबाट भारततर्फ बग्ने पानी ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ मार्फत प्रशोधन गरेर मात्र पठाउन औपचारिक आग्रह गरिएको जनाइएको छ। औद्योगिक प्रदूषणका कारण सीमावर्ती भारतीय क्षेत्रमा जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर परेको भन्दै भारतीय पक्षले समस्या समाधानमा पहल गर्न अनुरोध गरेको हो।

त्यसैगरी, सीमा क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने र दशगजा क्षेत्रको सुरक्षामा समन्वय बढाउने विषयमा पनि छलफल भएको थियो।

बैठकमा नेपालको तर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा नेपाली सेनाबाहेकका सबै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

भारतका तर्फबाट बिहार राज्यअन्तर्गत पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका डीएम दिनेश कुमारको नेतृत्वमा सुरक्षा अधिकारीहरू सहभागी भएका थिए।

दुवै पक्षले सीमा व्यवस्थापन र निर्वाचन सुरक्षामा उच्चस्तरीय समन्वय कायम राख्ने प्रतिबद्धतासहित बैठक सम्पन्न गरेका छन्।

Previous Post

गौरमा अहिले बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलो

Next Post

पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश, नगवामा हरि पन्तको घरदैलोमा उत्साहजनक जनसमर्थन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश, नगवामा हरि पन्तको घरदैलोमा उत्साहजनक जनसमर्थन

पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश, नगवामा हरि पन्तको घरदैलोमा उत्साहजनक जनसमर्थन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l