Monday, February 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

राष्ट्र आवाज by राष्ट्र आवाज
February 22, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
2
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने तथा बदर मतको प्रतिशत घटाउने लक्ष्यसहित निर्वाचन आयोग ले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ।

आयोगले आमनागरिकलाई मताधिकारको महत्व, मतदान प्रक्रिया र सही तरिकाले मत हाल्ने विधिबारे जानकारी गराउने उद्देश्यले फागुन ३ गतेदेखि १७ गतेसम्म देशभर अभियान सञ्चालन गरेको जनाएको छ। यस अवधिमा ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ।

स्वयंसेवकहरूले मतदाताको घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान गर्ने तरिका, मत बदर नहुने गरी चिन्ह लगाउने विधि तथा निर्वाचनको महत्वबारे जानकारी गराइरहेका छन्। आयोगका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन यसअघि तोकिएका स्थानीय तहका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ र आवश्यक अभिमुखीकरणसमेत सम्पन्न भइसकेको छ।

निर्वाचन आचारसंहिता कार्यान्वयनलाई कडाइका साथ लागू गर्न आयोगले मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिहरूमाथि निगरानीसमेत बढाएको जनाएको छ। आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा सक्रिय रहेको छ।

हानिकारक तथा भ्रामक सामग्री उत्पादन र सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक तथा सञ्चारमाध्यमविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरी को साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको आयोगले जनाएको छ।

यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरण मा पठाइएको छ भने ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपाल मा सिफारिस गरिएको छ। साथै, एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।

आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन मतदाता शिक्षा तथा सूचना सदाचार प्रवर्द्धन अभियानलाई थप प्रभावकारी बनाइने स्पष्ट पारेको छ।

Previous Post

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

Next Post

गौरमा अहिले बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
गौरमा अहिले बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलो

गौरमा अहिले बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l