Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

राष्ट्र आवाज by राष्ट्र आवाज
February 21, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक, सरोकार
0
इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड ले इतिहासमा अस्वीकृत भएका केही व्यक्तिहरूले निर्वाचन नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीको कार्यक्रममा उनले निर्वाचन हुने निश्चित भइसकेको स्पष्ट पारे।

प्रचण्डले निर्वाचन नहुने हल्ला र प्रचारबाट प्रभावित नहुन अपिल गर्दै दृढतापूर्वक निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए। उनले निर्वाचन मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूले चलखेल गर्न सक्ने भए पनि त्यसको खास अर्थ नरहेको बताए।

उनले निर्वाचन अहिलेको अवस्थामा तुलनात्मक रूपमा सहज विकल्प भएको उल्लेख गर्दै नेकपा सुरुदेखि नै निर्वाचन प्रक्रियाप्रति दृढ रहेको धारणा राखे। देशभर पार्टीको प्रचार अभियान तीव्र बनाउँदै बाँकी समय युद्धस्तरमा परिचालित हुन सके नेकपा देशको पहिलो पार्टी बन्न सक्ने उनको दाबी थियो।

प्रचण्डले केही समय हावा हुरी चलेजस्तो देखिए पनि त्यो स्थायी नहुने भन्दै जनताले सत्य कुरा बुझिसकेको टिप्पणी गरे। उनले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रलाई जोगाउँदै अतिवादविरुद्ध लडेर सन्तुलित विकासको बाटोमा अघि बढ्ने संकल्पसहित नेकपा अगाडि बढिरहेको बताए।

Previous Post

निर्वाचन सुरक्षा सुदृढ गर्न तराईमा विशेष निगरानी, एआईजी चतुर्वेदी खटाइए

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l