Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

एमालेको आरोप: रास्वपाले चुनाव भाँड्न खोज्दै, सरकार शान्ति सुरक्षामा कमजोर

राष्ट्र आवाज by राष्ट्र आवाज
February 21, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
एमालेको आरोप: रास्वपाले चुनाव भाँड्न खोज्दै, सरकार शान्ति सुरक्षामा कमजोर
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि आसन्न प्रतिनिधि सभा निर्वाचन भाँड्न खोजेको आरोप लगाएको छ। शनिबार जारी विज्ञप्तिमा एमालेले फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको उल्लेख गरेको छ।

एमालेले सरकार शान्ति सुरक्षाको भरपर्दो र विश्वासयोग्य वातावरण बनाउन असफल भएको आरोप लगाउँदै देशका विभिन्न स्थानमा सूर्य अंकित झण्डा जलाउने र पार्टीको मूल नेतृत्वप्रति घृणा फैलाउने गतिविधि तीव्र भएको जनाएको छ। यस्ता गतिविधिलाई मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्रका रूपमा व्याख्या गर्दै सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग गरेको छ।

विज्ञप्तिमा एमालेले आफूहरू कठिन परिस्थितिमा पनि धैर्य र संयमताका साथ जनताको घरदैलोमा पुगेको उल्लेख गर्दै फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र जलाउनेबीचको जनमत संग्रह’को रूपमा लिएको जनाएको छ।

एमालेले ‘भोट फर चेन्ज’को नारामार्फत मतदातालाई प्रभावित पार्ने प्रयास असफल भएपछि फेक सर्वेक्षण सार्वजनिक गर्ने, झण्डा तथा चुनाव चिन्ह जलाउने र अशान्ति फैलाउने गतिविधि बढेको दाबी गरेको छ। चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपाले देशका विभिन्न भागमा हिंसा भड्काउने र निर्वाचन प्रभावित पार्ने षड्यन्त्र थालेको आरोप पनि एमालेले लगाएको छ।

रौतहटको गौरमा जारी कर्फ्यूलाई उदाहरण दिँदै एमालेले समुदायबीच अन्तरविरोध सिर्जना गर्ने प्रयास भइरहेको जनाएको छ। शान्ति सुरक्षाको अवस्था सुदृढ नभएसम्म भयरहित निर्वाचन सम्भव नहुने उल्लेख गर्दै एमालेले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

साथै, निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति निर्वाचन आयोग उदासीन बनेको भन्दै एमालेले गम्भीर आशंका व्यक्त गरेको छ।

Previous Post

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन: चुनाव सुरक्षा तयारीमा उच्च सतर्कता अपनाउन आग्रह

Next Post

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२०: ज्ञानोदय र ब्राइट पब्लिकको शानदार जित

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२०: ज्ञानोदय र ब्राइट पब्लिकको शानदार जित

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२०: ज्ञानोदय र ब्राइट पब्लिकको शानदार जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l