Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

एन्जल वर्ल्ड स्कूलको २२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
February 21, 2026
in समाचार, समाज, सम–सामयिक
0
एन्जल वर्ल्ड स्कूलको २२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

एन्जल वर्ल्ड स्कूलको २२औं वार्षिक उत्सवको अवसरमा आयोजित विविध सांस्कृतिक कार्यक्रमसहित “श्रृजना उत्सव” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जस्थित नगर सभागृह टाउन हल मा सम्पन्न भएको थियो।विद्यालयका सञ्चालक राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा Madhesh University का उपकुलपति डा. दिपक शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

विशिष्ट अतिथिहरूमा वीरगञ्ज महानगरपालिकाका शिक्षा प्रमुख आनन्द लामिछाने, PABSON Parsa का अध्यक्ष सरोज चौधरी, Nepal Innovative Society का अध्यक्ष कमल चौगाई, विद्यालयका निर्देशक पवित्रा श्रेष्ठ, गणेश श्रेष्ठ तथा हिसानका मुकेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स–साना बालबालिकाहरूले गीत, नृत्य तथा नाटक प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको आकर्षक प्रस्तुति र रंगीन सांस्कृतिक कार्यक्रमले सम्पूर्ण सभाहललाई उत्साहमय बनाएको थियो। विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. दिपक शाक्यले विद्यालयले शिक्षा मात्र नभई संस्कार, सृजनशीलता र नेतृत्व विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो,“विद्यालय भनेको केवल पाठ्यपुस्तकको ज्ञान दिने स्थान मात्र होइन, यो भविष्यका सक्षम नागरिक निर्माण गर्ने थलो हो। आजका यी बालबालिकाहरूको आत्मविश्वासपूर्ण प्रस्तुति देख्दा शिक्षा सही दिशामा अघि बढिरहेको अनुभूति हुन्छ।”

उहाँले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य, अनुशासन र नवप्रवर्तनलाई जोड दिन आवश्यक रहेको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। साथै, विद्यालय परिवारलाई आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।

Previous Post

वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न ।

Next Post

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन: चुनाव सुरक्षा तयारीमा उच्च सतर्कता अपनाउन आग्रह

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन: चुनाव सुरक्षा तयारीमा उच्च सतर्कता अपनाउन आग्रह

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन: चुनाव सुरक्षा तयारीमा उच्च सतर्कता अपनाउन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l