लालबाबु सिंह फाल्गुन ९ वीरगन्ज । वीरगन्ज समाज सेवा द्वारा वीरगन्ज को नारायणी अस्पतालमा लगातार २३औं महिनाको २ श्रो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ। पच्छिल्लो २ वर्ष देखि प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिपन्न बिरामीहरु, कुरुवाहरु, असहायहरुको साथै रिक्सा,ईरिक्सा चालकहरु ,यात्री बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाइएको हो ।
सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले ” सेवा नै धर्म हो ” को मुलमन्त्र लाइ आत्मसात गरि विगत २ वर्ष देखी हरेक शनिबार करिब ४ सय ५० देखि ५ सय जनाले यस सेवाबाट लाभ लिँदै आएको र दिन दुखी असहायको पेट भर्न र त्यसपछिको उनिहरुको अनुहारमा आएको हासी खुशी देखेर आफुहरु पनि खुशी हुने गरेको बताउदै सम्पुर्णमा तपाइहरु पनि जहाँ हुनुहुन्छ त्यही आपसी हातेमालो गरि दिनदुखी असहायको सेवा सहयोग गर्नुस भनी आग्रह गरे ।
सो अवसरमा बिरगंज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ले दिनदुखी असहायको सेवा सहयोग नै ठूलो धर्म र कर्म भएकोले नै यो नारायणी अस्पताल जस्तो अधिकान्श बिपन्न असहायहरुको उपचार स्थलमा घर जस्तै स्वादिष्ट एवं पोशिलो खाना निशुल्क रुपमा खुवाई सेवा गर्दा असाध्यै खुशी एवं गर्व लाग्ने गरेको बताउदै यो सुअभियानमा हातेमालो गरि मानवता बलियो बनाउने सम्पुर्ण दाता,सेवक ,शुभेच्छुकजन एवं आयोजक बिरगंज समाज सेवा परिवार प्रती आभार प्रकट गरेका थिए ।
आजको भोजनमा सेवकहरुले शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल,आलु कोभिको मिक्स तरकारी र हरियो भुटेको खुर्सानीको अचार वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए ।
आजको निशुल्क भोजन कार्यक्रममा समाजका सचिव प्रकाश बाहेति , निसान्त लाठ, कल्पना किङरिङ, साचे मगर, अरमान अलि ,बजरङ अग्रवाल लगायतले सेवा प्रदान गरेका थिए ।

