Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रौतहट गौरमा दुई समुदायबीच तनाव, कर्फ्यू जारी १८ जना पक्राउ

राष्ट्र आवाज by राष्ट्र आवाज
February 21, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
रौतहट गौरमा दुई समुदायबीच तनाव, कर्फ्यू जारी १८ जना पक्राउ
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

रौतहट – गौर नगरपालिका क्षेत्रमा दुई समुदायबीच बढ्दो तनावका कारण कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार (फागुन ९) दिउँसो १ बजेबाट अर्को आदेश नआएसम्म कर्फ्यू लागु हुने जानकारी दिनुभएको छ।

सीडीओ भुसालका अनुसार, उच्छृंखल गतिविधिमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जारी कर्फ्यूमा कुनै व्यक्ति आवतजावत गर्न, भेला गर्न, सभा, जुलुस वा प्रदर्शन गर्न पाउने छैन। आदेश उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

दुई समुदायबीचको झडपका कारण गौर सदरमुकाम तनावग्रस्त बनेको थियो। यसक्रममा केही व्यक्ति घाइते भएका छन् भने केही सवारीसाधनमा आगजनी भएको छ। सुरक्षा निकायले घटनास्थलमा सतर्कता बढाएको छ र शान्ति कायम गर्न कार्यरत छ।

Previous Post

एमालेका वरिष्ठ युवा नेता सञ्जीव मिश्रले पार्टी छोड्ने घोषणा

Next Post

वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न ।

वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l