Saturday, February 21, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

एमालेका वरिष्ठ युवा नेता सञ्जीव मिश्रले पार्टी छोड्ने घोषणा

राष्ट्र आवाज by राष्ट्र आवाज
February 21, 2026
in समाचार, समाज, सम–सामयिक
0
एमालेका वरिष्ठ युवा नेता सञ्जीव मिश्रले पार्टी छोड्ने घोषणा
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का युवा नेता एवं पूर्व मधेश प्रदेश कमिटी सदस्य सञ्जीव मिश्रले पार्टी परित्याग गर्ने निर्णय सार्वजनिक गर्नुभएको छ। करिब १५ वर्षदेखि एमालेमा आबद्ध रहेर विभिन्न जिम्मेवारी सम्हाल्नुभएका मिश्रले आज एक प्रेस नोट जारी गर्दै यो जानकारी दिनुभएको हो।

मिश्रले पार्टीको संगठन निर्माणमा लामो समय खर्चिनुभएका छन्। उहाँले युवा फाँट, जिल्ला कमिटी सदस्य, उप–सचिव र मधेश प्रदेश कमिटी सदस्य जस्ता महत्त्वपूर्ण पदहरूमा काम गरिसक्नुभएको थियो।

पार्टी छोड्ने निर्णयको कारणबारे मिश्रले भन्नुभएको छ, “१५ वर्षसम्म पार्टी, विचार र संगठनका लागि इमानदारीपूर्वक योगदान दिएँ। तर, बदलिँदो समय, आफ्नो राजनीतिक सोच र आत्मसम्मानलाई मध्यनजर गर्दै आजबाट एमालेसँगको यात्रा टुङ्ग्याउने निर्णयमा पुगेको छु।”

आफ्नो लामो राजनीतिक यात्रामा सहयोग गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आभार प्रकट गर्दै मिश्रले आगामी दिनमा पनि जनताको हित र सत्यको राजनीतिमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मिश्रको यो घोषणा सँगै आगामी राजनीतिक कदम र नयाँ दिशा कस्तो हुने हो भन्ने विषयमा चासो बढेको छ।

Previous Post

गौरमा कर्फ्यूका बाबजुत हिंसा जारी, आगजनी र झडप रोकिएन

Next Post

रौतहट गौरमा दुई समुदायबीच तनाव, कर्फ्यू जारी १८ जना पक्राउ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रौतहट गौरमा दुई समुदायबीच तनाव, कर्फ्यू जारी १८ जना पक्राउ

रौतहट गौरमा दुई समुदायबीच तनाव, कर्फ्यू जारी १८ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l