Friday, February 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक पक्राउ, दुई फरार

राष्ट्र आवाज by राष्ट्र आवाज
February 20, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक पक्राउ, दुई फरार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दाङ — तुलसीपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय वुद्धिबहादुर बस्नेतलाई शुक्रबार पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक रेशम बोहराले झण्डा जलाउने घटनामा संलग्न तीन जनाको पहिचान भएको जानकारी दिँदै दुई जना अझै फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको बताए।

प्रहरीका अनुसार घोराहीमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेता बालेन शाह आउने भन्ने खबर पाएपछि तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका केही समर्थकहरूले एमालेको झण्डा जलाएको आरोप लागेको हो।

घटनापछि एमालेले दोषीमाथि कडा कारबाहीको माग गरेको छ। यसैबीच एमालेले शुक्रबार अपराह्न करिब ४ बजे घोराहीमा प्रदर्शनसमेत गरेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

Previous Post

चितवन–३ मा चुनावी समीकरण फेरियो: नेकपा संयुक्तका उम्मेदवार सुनार नेकपामा प्रवेश

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l