Wednesday, April 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जको विकास र मधेसको पहिचानका लागि संसदमा आवाज उठाउँछु : सरार्फ

राष्ट्र आवाज by राष्ट्र आवाज
February 7, 2026
in राजनीति, समाचार, समाज, सूचना/प्रविधि
0
वीरगञ्जको विकास र मधेसको पहिचानका लागि संसदमा आवाज उठाउँछु : सरार्फ
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

  माघ २४  – पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ को भन्सार टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले महिलाको सम्मान र सशक्तीकरण बिना समाज समृद्ध हुन नसक्ने उल्लेख गर्दै महिलामैत्री विकासका लागि ठोस रोडम्याप तयार गरेको बताएका छन्। उनले महिला साक्षरता अभिवृद्धि, सीप विकास, उद्यमशीलता तथा आयआर्जनसँग महिलालाई जोडेर आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे।

वीरगञ्जको समग्र विकास, स्थानीय सरोकारका मुद्दा तथा मधेसको अधिकार र पहिचानको सवालमा निरन्तर संघर्ष गर्दै आएको स्मरण गराउँदै सरार्फले संसद तथा सम्बन्धित निकायमा वीरगञ्ज र वीरगञ्जवासीको शिर ठाडो हुने गरी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए।

देश र मधेसको राजनीतिक तथा आर्थिक निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा। सीके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा ‘हर्न’ छापमा मतदान गर्न मतदातासँग अपिल गरे।

घरदैलो कार्यक्रममा स्थानीयवासीको स्वस्फूर्त सहभागिता देखिएको थियो। सो अवसरमा उम्मेदवार सरार्फलाई भव्य स्वागत तथा सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व एसएसपी अनुराग द्विवेदी, अनिता रौनियार, समानुपातिक उम्मेदवार विजय पासवान र बबिता पुडासैनी, नेताहरू नजमा खातुन, भुपेन्द्र साह, डा। मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहालगायतको उपस्थिति रहेको थियो।

Previous Post

पर्सा–२ मा चौरसियाको विकासे एजेन्डा सार्वजनिक: मेडिकल कलेजदेखि रोजगारीसम्म

Next Post

रामेछापमा बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, ८ घाइते

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रामेछापमा बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, ८ घाइते

रामेछापमा बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, ८ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l