Wednesday, April 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

क्रिकेट रोमारियो सेफर्डको ह्याट्रिकसहित पाँच विकेटमा स्कटल्यान्डविरुद्ध वेस्टइन्डिज ३५ रनले विजयी

राष्ट्र आवाज by राष्ट्र आवाज
February 7, 2026
in खेलकुद
0
क्रिकेट रोमारियो सेफर्डको ह्याट्रिकसहित पाँच विकेटमा स्कटल्यान्डविरुद्ध वेस्टइन्डिज ३५ रनले विजयी
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

  माघ २४ –  रोमारियो सेफर्डको ह्याट्रिकसहित पाँच विकेटमा वेस्टइन्डिजले टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई ३४ रनले पराजित गरेको छ ।

कसिलो बलिङ गर्दै सेफर्डले पाँच विकेट लिएपछि स्कटल्यान्ड धराशाही बन्यो । १८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले १८ दशमलव ५ ओभरमा अलआउट हुँदै १४७ रन मात्र बनाउन सक्यो ।

१८ औं ओभरमा सेफर्डले ह्याट्रिकसहित ४ विकेट निकाले । त्यसअघि पनि दुई ओभरमा उनले एक विकेट निकालिसकेका थिए । उनले ३ ओभरमा मात्र २० रन खर्चिँदै पाँच विकेट निकाले । यस्तै जेशन होल्डरले ३, समर जोसेफ र गुदाकेश मोतीले एक/एक विकेट निकाले ।

 

स्कटल्यान्डका लागि ब्याटिङमा रिची ब्यारिन्टनले सर्वाधिक ४२ रन बनाउँदा टम ब्रुसले ३५, जर्ज मुन्जीले १९, मार्क वाटले १५, ब्रान्डन म्याकमुलेनले १४ र म्याथ्यु क्रसले ११ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

सिम्रोन हटमायरले सर्वाधिक ६४ रन बनाउँदा, ब्रान्डन किङले ३५, शेरफाइन रुथरफोर्डले २६, रोवमान पावेलले २४  र साइ होपले १९ रन बनाए ।

स्कटल्यान्डका लागि ब्राड कुर्रीले २, भोलिभर डाविड्शन, माइकल लिस्क र सफयान सरीफले एक/एक विकेट लिए ।

विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्डविरुद्ध अन्तिम ओभरमा तीन विकेटको संघर्षपूर्ण जित निकाल्दै विजयी यात्रा सुरु गरिसकेको छ । यस्तै आजै तेस्रो खेल केही बेरमा आयोजक भारत र अमेरिकाबीच हुँदैछ ।

Previous Post

खेलकर्मीद्वारा राजनीतिक दलसमक्ष सुझाव पेस

Next Post

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l