Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भारत र अमेरिकाबीचको व्यापार सम्झौताको औपचारिक घोषणा

राष्ट्र आवाज by राष्ट्र आवाज
February 7, 2026
in विश्व
0
भारत र अमेरिकाबीचको व्यापार सम्झौताको औपचारिक घोषणा
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

माघ २४  – भारत र अमेरिकाबीच भएको अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार दुवै देशले सम्झौताबारे संयुक्त वक्तव्य निकालेर सम्झौताबारेमा जानकारी गराएका हुन् ।

भारतका वाणिज्य मन्त्री पीयूष गोयलले सामाजिक सञ्जाल एक्समार्फत सम्झौता सार्वजनिक गर्दै यो सम्झौताले भारतीय निर्यातकर्ता, किसान तथा माछा मार्नेहरूका लागि ३० ट्रिलियन डलरको बजार खुला गरिदिएको उल्लेख गर्नुभएको छ ।

यस्तै भारतले अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने र आउँदो १० वर्षमा रक्षा सहयोग बढाउन अमेरिकासँग एक सम्झौतामा सहमति जनाएको पनि भारतले जनाएको छ । व्हाइट हाउसको तर्फबाट जारी कार्यकारी आदेशमा भारतले रूसबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तेल आयात बन्द गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।

यही फेब्रुअरी २ तारिखमा भएको यो सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्धको ५० प्रतिशत भन्सार शुल्कलाई घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गर्नुभएको थियो । तर सम्झौताबारे थप विवरण सार्वजनिक भएका थिएनन् ।

Previous Post

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

Next Post

खेलकर्मीद्वारा राजनीतिक दलसमक्ष सुझाव पेस

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
खेलकर्मीद्वारा राजनीतिक दलसमक्ष सुझाव पेस

खेलकर्मीद्वारा राजनीतिक दलसमक्ष सुझाव पेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l