माघ २३ – पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ घुसुकपुर क्षेत्रमा भेटघाट, जनसंवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगञ्जको समग्र विकास, स्थानीय सरोकारका विषय तथा मधेसको अधिकार र पहिचानका सवालमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे। उनले प्रतिनिधि सभामा तथा सम्बन्धित निकायहरूमा वीरगञ्ज र वीरगञ्जवासीको शिर ठाडो हुने गरी आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
सरार्फले देश र मधेसको निकासका लागि स्पष्ट तथा उत्कृष्ट विजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्र रहेको दाबी गर्दै हर्न छापमा मतदान गर्न सबै मतदातासमक्ष अपिल गरे।
कार्यक्रममा जनमत पार्टीका नेतृ विद्यागुप्ता, अनिता रौनियार, नजमा खातुन, भूपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अन्जना गुप्ता, सत्युग साह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

