Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

परवानीपुर–५ मा जसपा नेपालको अगुवा कार्यकर्ता भेला, चुनावी रणनीतिबारे छलफल

राष्ट्र आवाज by राष्ट्र आवाज
January 30, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
परवानीपुर–५ मा जसपा नेपालको अगुवा कार्यकर्ता भेला, चुनावी रणनीतिबारे छलफल
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

  माघ १६ – बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर–५ बहुअरीमा जनता समाजवादी पार्टी नेपालले अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलामा पार्टी संगठन सुदृढीकरण तथा उम्मेदवारको जित सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको छ।

अगुवा कार्यकर्ता भेलामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री सोनलले मधेसको हक–अधिकार, सामाजिक न्याय र समावेशी विकासका मुद्दामा जनता समाजवादी पार्टीको भूमिका निर्णायक रहेको बताउनुभयो।

भेलामा वरिष्ठ अधिवक्ता रामचन्द्र सिंह तथा क्षेत्रीय अध्यक्ष सिताराम लगाउतले बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट छाता छापका उम्मेदवार सन्जु साहलाई विजयी बनाउन पार्टीका अगुवा कार्यकर्ताहरू एकजुट र सक्रिय भएर लाग्न आह्वान गर्नुभयो। उनीहरूले घरदैलो अभियान, जनसम्पर्क र संगठन विस्तारमार्फत जनतासँग प्रत्यक्ष संवाद बढाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा मोहन पटेल, वडा अध्यक्ष रामेश्वर साहलगायत पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाले आगामी दिनमा चुनावी अभियानलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको जनाइएको छ।

Previous Post

पर्सा–२ मा राप्रपाका उम्मेदवार बिना जैसवाल कुर्मीको घरदैलो अभियान तीव्र

Next Post

बहुदरमाई युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बहुदरमाई युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

बहुदरमाई युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l