माघ १६ – पर्सा जिल्ला क्षेत्र नम्बर–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बिना जैसवाल कुर्मीले सुगौली–२६ क्षेत्रमा घरदैलो अभियान सम्पन्न गर्नुभएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गरिएको अभियानका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरी आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुभयो।

घरदैलोका क्रममा उम्मेदवार कुर्मीले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै विकास, सुशासन र राष्ट्रिय पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय बासिन्दाले पनि उम्मेदवारसँग खुलेर आफ्ना गुनासा तथा सुझाव राखेका थिए।
राप्रपाले पर्सा–२ मा जनसमर्थन बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेको छ।

