Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगन्जमा तीनदिने दोस्रो मधेश साहित्य महोत्सव सुरु हुँदै

राष्ट्र आवाज by राष्ट्र आवाज
January 28, 2026
in समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
वीरगन्जमा तीनदिने दोस्रो मधेश साहित्य महोत्सव सुरु हुँदै
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

माघ १४ – मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगन्जमा भोलि (बिहीबार) देखि आयोजना हुने दोस्रो मधेश साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

आयोजक संस्था उत्कर्ष नेपालका अध्यक्ष रितुराज साहका अनुसार महोत्सवमा मधेशसहित देशभरका साहित्यकार, लेखक, कवि तथा चिन्तकहरूको सहभागिता रहनेछ। महोत्सवका क्रममा कविता वाचन, साहित्यिक विमर्श, पुस्तक विमोचन तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ।

मधेस विश्वविद्यालय परिसरमा आयोजना हुने महोत्सवले मधेशको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको साहले बताए। युवापुस्तालाई साहित्यतर्फ आकर्षित गर्न विशेष सत्रहरू समेत समावेश गरिएको उनको भनाइ छ।

उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव रहनेछन्। महोत्सवको बीजपत्र ‘गाँवः स्मृति, मिथक र यथार्थ’ विषयमा प्रस्तुत गरिनेछ, जसका वक्ता भाष्कर गौतम रहेका छन्।

त्यसैगरी ‘गाँवका युवाः पलायन, पोलिसी र विकल्प’ सत्रमा वसन्तकुमार कुशवाहा, भोगेन्द्र झा र सलोनी प्रधान सिंह वक्ताका रूपमा सहभागी हुनेछन्। ‘गाँवः लोकतन्त्र र सत्ता’ विषयक सत्रमा सुरेश ढकाल, सुचेता प्याकुरेल र सविन निङ्ग्लेखु वक्ता रहनेछन् भने ‘गाँवः स्मृति र इतिहास’ सत्रमा गोपाल ठाकुर, अन्जय मिश्रा, त्रिभुवन बरई र राकेश मिश्रले धारणा राख्नेछन्।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवले मधेशको साहित्य, संस्कृति र बौद्धिक विमर्शलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Previous Post

बारामा आमा–छोराको हत्या, बुहारी र प्रेमी प्रहरी नियन्त्रणमा

Next Post

पर्सागढीमा जनमत पार्टीको घरदैलो कार्यक्रम सुरु, सम्पर्क कार्यालय उद्घाटन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पर्सागढीमा जनमत पार्टीको घरदैलो कार्यक्रम सुरु, सम्पर्क कार्यालय उद्घाटन

पर्सागढीमा जनमत पार्टीको घरदैलो कार्यक्रम सुरु, सम्पर्क कार्यालय उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l