Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बारामा आमा–छोराको हत्या, बुहारी र प्रेमी प्रहरी नियन्त्रणमा

राष्ट्र आवाज by राष्ट्र आवाज
January 28, 2026
in समाचार, समाज, सम–सामयिक, सूचना/प्रविधि
0
बारामा आमा–छोराको हत्या, बुहारी र प्रेमी प्रहरी नियन्त्रणमा
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

माघ १४  – बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडमा बुधबार बिहान एकै परिवारका दुई जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २८ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ४६ वर्षीया सुमिन्त्रा देवीको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको हो। उक्त घटनामा मृतक रामेश्वरका बुवा ५२ वर्षीय जगरुप महतो र बहिनी २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक रामेश्वरकी पत्नी २३ वर्षीया मनिता देवी मण्डल र उनका प्रेमी बाराको प्रसौनी गाउँपालिका–७ बन्जरियाका धमेन्द्र महतोलाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विवाहिता मनिता देवीको परपुरुषसँग प्रेम सम्बन्ध रहेकै कारण उक्त हत्या भएको अनुमान गरिएको छ। मनिताले आफ्ना प्रेमी धमेन्द्र महतोसँग मिलेर योजनाबद्ध रूपमा पति रामेश्वर मण्डल र सासु सुमिन्त्रा देवीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धमेन्द्र महतो वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत थिए। उनी माघ १२ गते काठमाडौँ आइपुगेपछि मनितासँग मिलेर उक्त घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। घटनाको मुख्य योजनाकार मनिता नै रहेको बारा प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

पक्राउ परेका मनिता देवी मण्डल र धमेन्द्र महतोलाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताए।

Previous Post

पर्सागढीका वडा २ र ७ मा एमाले उम्मेदवार रिमा कुमारी यादवद्वारा वडा भेला तथा भेटघाट सम्पन्न

Next Post

वीरगन्जमा तीनदिने दोस्रो मधेश साहित्य महोत्सव सुरु हुँदै

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्जमा तीनदिने दोस्रो मधेश साहित्य महोत्सव सुरु हुँदै

वीरगन्जमा तीनदिने दोस्रो मधेश साहित्य महोत्सव सुरु हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l