माघ १३ – निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले झापा–५ का बालेन्द्र शाह, भक्तपुर–२ का महेश बस्नेत, सुनसरी–१ का हर्क साम्पाङ र रुपन्देही–२ का निकोलस भुसाललाई स्पष्टीकरण साेधेकाे हाे ।
बालेनमाथि त्यही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गरेको अमर्यादित टिप्पणीका आधारमा स्पष्टीकरण सोधिएको छ । बस्नेतलाई बालेनलाई असभ्य शब्द प्रयोग गरेकोलगायतका विषयमा, साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा र भुसाललाई नवयुवा आन्दोलनको जुत्ता चुनाव चिह्न भनि प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
यस्तै आयोगले भक्तपुर–२ की उम्मेदवार जानुका पाठकलाई पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

