Saturday, February 7, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

राष्ट्र आवाज by राष्ट्र आवाज
January 27, 2026
in राजनीति, विचार, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

 माघ १३  – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने मतपत्रको छपाइ आजबाट सुरु भएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार एक कार्यक्रमबिच छपाइ मेसिनको स्वीच अन गरेर मतपत्र छपाइ शुभारम्भ गर्नुभयो।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ हुनेछ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने छ। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सोमबार नै सम्पन्न भइसकेको छ।

मतपत्र छपाइ कार्य निकै संवेनशील रहेको कुनै गल्ती गर्ने छुट नभएकाले आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गर्ने गरेको कार्यवाहक आयुक्त भण्डारीले बताउनुभयो।

आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा स्थानमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ। सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ। उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने छ।

प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने छ।

निर्वाचन व्यवस्थापनका क्रममा आयोगबाट सम्पादन गरिने हरेक क्रियाकलाप उत्तिकै महत्वपूर्ण भएको सो अवसरमा कार्यवाहक प्रमुख भण्डारीले बताउनुभयो। निर्धारित कार्यतालिका अनुसार आयोगले जुन दिन जुन कार्य सम्पन्न गर्ने भनेर निर्धारण गरेको हुन्छ सोही अनुसार नै कार्यसम्पादन गर्नै पर्ने अनिवार्य दायित्व हुने गरेको पनि उहाँले बताउनुभयो।

प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराउनु हुने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

कार्यवाहक प्रमुख भण्डारीले राजनीतिक दल एवं उम्मेदवारबाट निर्वाचन अचारसंहिताको पूर्ण परिपालना हुनेमा आयोग विश्वस्त रहेको पनि बताउनुभयो। निर्वाचन आयोगले यसपटक आचारसंहितामा व्यवस्था गरेका प्रावधानहरूलाई कडाइका साथ कार्यान्वयन गर्ने उहाँको भनाइ छ।

सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति एवं एकले अर्को पक्षलाई निषेध गर्ने प्रवृत्तिप्रति आयोग कठोर रूपमा प्रस्तुत पनि उहाँले बताउनुभयो। आयोगबाट सामाजिक सञ्जाल, सञ्चारमाध्यम, अयोगमा विभिन्न माध्यमबाट आएका जानकारीहरू विश्लेषण गरेर आचारसंहिता उल्लंघनका घटना केलाउने कार्य सुरु भइसकेको उहाँले बताउनुभयो।

Previous Post

भारतद्वारा नेपाललाई निर्वाचन प्रयोजनका लागि ६१ सवारी साधन सहयोग

Next Post

बालेन, महेश, हर्क, निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बालेन, महेश, हर्क, निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

बालेन, महेश, हर्क, निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l