नेपाली कांग्रेसका सभापति गगन थापालाई बाराको सिमरा विमानस्थलमा नेता तथा कार्यकर्ताहरुले भब्य स्वागत गरेका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवारी वारेसमार्फत् मनोनयन दर्तापछि पहिलोपटक सभापति थापा बारा हुँदै सोमबार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् ।
बारा लगायत मधेसका जिल्लाबाट सभापति थापाको स्वागतका लागि ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरू आएका छन् ।
